अाज साउन ३० गते: कहाँ के-के घटना घटे?
सारांश
- विदेश पठाउने नाममा ठगी गरी फरार रहेका निरौला पक्राउ काठमाडौं, वैदेशिक रोजगारमा अफगानिस्तान लगायतका मुलुकमा पठाउने झुट्ठा आश्वासन दिई ठगी गरी ७ वर्ष देखी फरार रहेका काठमाडौं महानगरपालिका १६ बस्ने झापा दुर्गापुर(१ घैलाडुब्बाका ३७ वर्षीय सोमनाथ निरौला बुधबार पक्राउ परेका छन् ।
- निरौला लगायत अन्य प्रतिवादीहरुले २०६८ कात्तिक २५ गतेबाट विभिन्न व्यक्तिसँग प्रतिव्यक्ति ३ लाख ५० हजार रुपैयाँका दरले ८ करोड भन्दा बढी रुपैंया ठगी गरी फरार रहेको भन्ने पीडितको जाहेरीको आधारमा अन्तर्राष्ट्रिय स्तरमा फरार अपराधीहरुको खोजी कार्यको लागि इन्टरपोल महासचिवालयमा अनुरोध गरी जारी गरिने नोटिस तथा डिफ्युजनका प्रतिवादीहरुलाई अध्यागमन विभागको द्यबिअप ष्कित मा राख्नको लागि प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट गरिएको पत्राचारको आधारमा निरौला उपर वैदेशिक रोजगार कसूरमा २०६९ जेठ ३२ गते डिफ्युजन जारी भएको थियो ।
- डिफ्युजन जारीका लागि वैदेशिक रोजगार विभाग तिनकुनेले २०६९ जेठ ८ गते नेपाल प्रहरीलाई पत्राचार गरेको थियो ।
विदेश पठाउने नाममा ठगी गरी फरार रहेका निरौला पक्राउ
काठमाडौं,
वैदेशिक रोजगारमा अफगानिस्तान लगायतका मुलुकमा पठाउने झुट्ठा आश्वासन दिई ठगी गरी ७ वर्ष देखी फरार रहेका काठमाडौं महानगरपालिका १६ बस्ने झापा दुर्गापुर(१ घैलाडुब्बाका ३७ वर्षीय सोमनाथ निरौला बुधबार पक्राउ परेका छन् । निरौला लगायत अन्य प्रतिवादीहरुले २०६८ कात्तिक २५ गतेबाट विभिन्न व्यक्तिसँग प्रतिव्यक्ति ३ लाख ५० हजार रुपैयाँका दरले ८ करोड भन्दा बढी रुपैंया ठगी गरी फरार रहेको भन्ने पीडितको जाहेरीको आधारमा अन्तर्राष्ट्रिय स्तरमा फरार अपराधीहरुको खोजी कार्यको लागि इन्टरपोल महासचिवालयमा अनुरोध गरी जारी गरिने नोटिस तथा डिफ्युजनका प्रतिवादीहरुलाई अध्यागमन विभागको द्यबिअप ष्कित मा राख्नको लागि प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट गरिएको पत्राचारको आधारमा निरौला उपर वैदेशिक रोजगार कसूरमा २०६९ जेठ ३२ गते डिफ्युजन जारी भएको थियो ।
डिफ्युजन जारीका लागि वैदेशिक रोजगार विभाग तिनकुनेले २०६९ जेठ ८ गते नेपाल प्रहरीलाई पत्राचार गरेको थियो ।
उक्त विभागद्वारा ४ वर्ष कैद र ४ लाख रुपैयाँ जरीवाना तोकिएका प्रतिवादी निरौला झापाको काँकडभित्ता, भारतको नयाँ दिल्ली हुँदै चीनको ग्वाङजुबाट नेपाल आउने क्रममा अध्यागमन कार्यालय, त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल गौचरले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको हो ।
निरौलालाई थप आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ ।
ज्यान मार्ने उद्योगका फरार तामाङ पक्राउ
काठमाडौं,
ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतको २०६६ चैत २५ गतेको फैसलाले ४ वर्ष ११ महिना ६ दिन कैद ठहर भई फरार रहेकी काठमाडौं बालाजु बस्ने नुवाकोट देउराली९ घर भएकी ३८ वर्षीया शुसिला तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले काठमाडौं बालाजुबाट पक्राउ गरेको हो ।
तामाङलाई प्रहरीले फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय जगनान्थदेवल महिला बन्दीगृह पठाइएको छ ।
वन्यजन्तुको दाह्रा र नङ्ग्रा सहित पक्राउ
काठमाडौं,
काठमाडौं महानगरपालिका ३२ गैह्रीगाँउ तिनकुनेबाट संरक्षित वन्यजन्तुको दाह्रा ३६ थान र नङ्ग्रा ६ थान सहित ५ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ओखलढुङ्गा लिखु गाँउपालिका ९ का २३ वर्षीय महेश राई, २३ वर्षीय मिलन सुबेदी, १९ वर्षीय बिज्ञान भन्ने प्रतिरोध सुबेदी, सोलुखुम्बु दुधकुण्ड नगरपालिका ९ का २३ वर्षीय पूर्णबहादुर तामाङ र मोरङ कानेपोखरी गाँउपालिका २ का ३९ वर्षीय श्रवण चौधरी रहेका छन् ।
अवैध रुपमा संरक्षित वन्यजन्तुको दाह्रा र नङ्ग्रा ९आखेटोपहार० खरिद बिक्री गर्न ओसारपसार गरी ल्याई साथमा बोकी राखेको अवस्थामा उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका अभियुक्तहरुलाई प्रहरीले आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय काठमाडौंमा बुझाएको छ ।
अवैध लागूऔषध सहित पक्राउ
पर्सा,
काठमाडौं चन्द्रागिरी नगरपालिका(५ बस्ने ३१ वर्षीय अनिल सापकोटा अवैध लागूऔषध डाईजेल्याब ५४ एम्पुल, नुर्फिन ५४ एम्पुल र फेनारगन ५४ एम्पुल सहित बुधबार पक्राउ परेका छन् ।
बीरगंज महानगरपालिका१६ भन्सार मुल गेट नजिक प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका सापकोटा उक्त परिमाणको लागूऔषध सहित फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
धारिलो हतियार हँसिया प्रहारबाट मृत्यु तथा घाइते
रुकुम (पश्चिम),
मुसिकोट नगरपालिका–१४ छिबाङ लहरे खेत बस्ने ३८ वर्षीय शंकर बिष्टले धारिलो हतियार हँसिया प्रहार गर्दा उनकै भाई २० वर्षीय गोकर्ण बिष्ट र ७ वर्षीय छोरा सुदर्शन बिष्टको बुधबार मृत्यु भएको छ।
हँसिया प्रहारबाट विष्टका छोराहरु १३ वर्षीय प्रकाश बिष्ट र १० वर्षीय दिनेश बिष्ट र शंकर आफै समेत घाइते भएका छन् । सो घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले घाइते तीनै जनालाई उपचारको लागि जिल्ला अस्पताल सल्लेबाट थप उपचारको लागि नेपालगंज पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा मृत्यु
काठमाडौं,
काठमाडौं महानगरपालिका–३१ बानेश्वर मिनभवनस्थित सडकमा बा।७ च ३६९४ नम्बरको बलेरो गाडीले बुधबार ठक्कर दिंदा गम्भीर घाइते भएका पैदलयात्री काठमाडौं घट्टेकुलो बस्ने ७६ वर्षीय कृष्ण प्रसाद न्यौपानेको निजामती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गुल्मी : सत्यवती गाउँपालिका–६ जोहाङ उर्लीखोला कच्ची सडकमा लु।१त ७६२९ नम्बरको ट्याक्टरको ट्रलीबाट सोही ट्याक्टरमा लेबर काम गर्ने रिपौदी बस्ने १६ वर्षीय प्रबिन बिक बुधबार अचानक खस्न जाँदा पछाडीको चक्काले च्यापिएर घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जंगली हात्तीको आक्रमणबाट मृत्यु
उदयपुर,
बेलका नगरपालिका–३ खैरेनी टप्पु बस्ने ३५ वर्षीय रामकुमार सार्कीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । बुधबार आफ्नै घरमा सुतिरहेको अवस्थामा जंगली हात्तीले घरको टाटी भत्काई आक्रमण गर्दा उनको मृत्यु भएको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सर्पले टोकेर मृत्यु
रौतहट,
कटहरीया नगरपालिका–९ बस्ने रोज महमद मन्सुरको ८ वर्षीया छोरी राहना खातुनको सर्पले टेकेर मृत्यु भएको छ । मंगलबार आफ्नै घरको पछाडी खेल्ने क्रममा बिषालु सर्पले टोक्दा असक्त भएकी खातुनको नारायणी उपक्षेत्रीय अस्पताल बीरगंजमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
सिन्धुपाल्चोक,
बलेफी गाउँपालिका(५ भोटेकोशीस्थित मिल छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नगद चोरी
काठमाडौं,
काठमाडौं महानगरपालिका ६ बौद्ध गेट निजकै रहेको प्रकाश मानन्धरको लोयन रेमिट र सिता मानन्धरको लोयल मनि चेन्जरबाट बुधबार नगद ७ लाख ६५ हजार रयुपैयाँ, युरो ३ सय, साउदी रियाल ७ सय ७१,स्वीस फ्रयांक १ हजार, चाईनिज युयान १ सय र कतारी रियाल २५ रुपैयाँ चोरी भएको छ ।
फरार चोरहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया