नुवाकोटमा कांग्रेसको गढ भत्कियो, रामशरण फराकिलो मतान्तरले पराजित

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
२९ पटक हेरिएको
Shares
नुवाकोटमा कांग्रेसको गढ भत्कियो, रामशरण फराकिलो मतान्तरले पराजित

सारांश

  • नुवाकोट, मंसिर २४ – नुवाकोट क्षेत्र नम्बर १ मा पनि नेपाली कांग्रेसको रुख ढलेको छ ।
  • नेपाली कांग्रेसको राम्रो प्रभाव क्षेत्र मानिने नुवाकोट काग्रेसका प्रभावशमली नेता तथा काग्रेस सरकारका लगभग सदाबहार अर्थमन्त्री डा.
  • रामशरण महतको निर्वाचन क्षेत्र हो ।

नुवाकोट, मंसिर २४ – नुवाकोट क्षेत्र नम्बर १ मा पनि नेपाली कांग्रेसको रुख ढलेको छ । नेपाली कांग्रेसको राम्रो प्रभाव क्षेत्र मानिने नुवाकोट काग्रेसका प्रभावशमली नेता तथा काग्रेस सरकारका लगभग सदाबहार अर्थमन्त्री डा. रामशरण महतको निर्वाचन क्षेत्र हो ।

०७२ सालमा भूकम्प गएको बेला नेपालको अर्थमन्त्री रहनुभएका महत भूकम्प पिडितलाई वितरण गरिने जस्तापाता काण्डमा नराम्रोसँग फस्नुभएको थियो ।

यही काण्डले पनि काग्रेस नेता महतलाई चुनावमा प्रभाव पारेको हुनसक्ने धेरैले अनुमान गरेका छन् । कांग्रेस नेता महत माओवादी केन्द्रका हितबहादुर तामाङसँग ८ हजार ५ सय ५३ मतको फराकिलो मतअन्तर हार्नुभएको छ ।

वाम गठबन्धनका बावजुत पनि कतिपय निर्वाचन क्षेत्रमा कांग्रेसका प्रभावशालि नेताको जित भैरहेको बेला नेपाली कांग्रेसमा महत्व राख्ने महतको फराकिलो मतको हारले उनको कार्यशैली नागरिकलाई मन नपरेको स्पष्ट हुन्छ ।

यो निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका हितबहादुर तामाङले ३६ हजार ४ सय ७३ मत ल्याएर विजयी हुनुभयो भने कांग्रेस नेता महतले २७ हजार ९ सय २० मत ल्याउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?