बेलायतमा नेपाली महिलालाई नवजात शिशु हत्या अभियोग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २५, २०७७
|
|
४६ पटक हेरिएको
Shares
बेलायतमा नेपाली महिलालाई नवजात शिशु हत्या अभियोग

सारांश

  • आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई आज हत्या अभियोगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ ।
  • तीन वर्षअघि नेपालबाट बेलायत आएकी २३ वर्षीया बबिता राईलाई सन् २०१७ मे मा नवजात शिशुलाई मारेर इङ्ग्ल्याण्डको अल्डरसटमा रहेको म्यानर पार्कमा गाडेको आरोपमा पक्राउ गरेको जनाइएको छ ।
  • प्रहरीका अनुसार उक्त शिशुलाई १९ मे, सन् २०१७ मा सो पार्कमा काम गर्ने एक कामदारले मर्मतसम्भारका क्रममा फेला पारेका थिए ।

आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई आज हत्या अभियोगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ । तीन वर्षअघि नेपालबाट बेलायत आएकी २३ वर्षीया बबिता राईलाई सन् २०१७ मे मा नवजात शिशुलाई मारेर इङ्ग्ल्याण्डको अल्डरसटमा रहेको म्यानर पार्कमा गाडेको आरोपमा पक्राउ गरेको जनाइएको छ ।

प्रहरीका अनुसार उक्त शिशुलाई १९ मे, सन् २०१७ मा सो पार्कमा काम गर्ने एक कामदारले मर्मतसम्भारका क्रममा फेला पारेका थिए । कामदारले प्रहरीलाई खबर गरेपछि राईलगायत अन्य चार जनाविरुद्ध प्रहरीले अभियोग दर्ता गरेको थियो । प्रहरीका अनुसार शिशुको टाउकामा गम्भीर चोट लागेको सन् २०१८ मा गरेको शव परीक्षण रिपोर्टले देखाएको थियो । अदालतमा उक्त शिशुलाई ‘यम’ नामले सम्बोधन गरिएको थियो ।

अगस्ट १९ तारिखमा थप सुनुवाइ गर्ने गरी अदालतले आज समय तोकेको छ । दोभाषेको सहयोगमा आफ्नो कुरा राखेकी राईले अदालतले आफूलाई तारिख दिन नमाने बताउनुभयो । न्यायाधीशले उहाँलाई आफ्नो पक्षमा वकालत गर्ने वकिलले थप कागजात बुझाएर पुन तारिखका लागि निवेदन दिनसक्ने जनाएका छन् ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनलाइन सेवामार्फत बिजुलीको महसुल तिर्दा ५ रुपैयाँ काटिने
अनलाइन सेवामार्फत बिजुलीको महसुल तिर्दा ५ रुपैयाँ काटिने
हेमन्त कुमार चौरासिया क्यानको अध्यक्षमा निर्वाचित
हेमन्त कुमार चौरासिया क्यानको अध्यक्षमा निर्वाचित
ललिता निवास प्रकरण : हदम्यादबारे प्रधानमन्त्री कार्यालय नै अन्योलमा
ललिता निवास प्रकरण : हदम्यादबारे प्रधानमन्त्री कार्यालय नै अन्योलमा
जब मलेसियन कम्पनीले तलव दिन नेपाली कामदार खोज्यो…
जब मलेसियन कम्पनीले तलव दिन नेपाली कामदार खोज्यो…
पीपीएल क्रिकेटः राेमाञ्चक खेलमा विराटनगरकाे जित, धनगढीले व्यहाेर्याे १२ रनकाे पहिलाे हार !
पीपीएल क्रिकेटः राेमाञ्चक खेलमा विराटनगरकाे जित, धनगढीले व्यहाेर्याे १२ रनकाे पहिलाे हार !
सेनाको रासन खरिदमा भ्रष्टाचारः ठेकेदारहरु अदालतमा
आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपलब्धि
अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयनमा चुनौती देखिएको छ : पन्थ
अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयनमा चुनौती देखिएको छ : पन्थ
बागमती प्रदेशका मन्त्री चित्रकारलाई तोकियो जिम्मेबारी
बागमती प्रदेशका मन्त्री चित्रकारलाई तोकियो जिम्मेबारी
उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
उपप्रधानमन्त्री खड्का घाना प्रस्थान