यु–१९ युथ एसिया कप क्रिकेट : नेपाल भर्सेस बंगलादेश (लाइभ)

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
यु–१९ युथ एसिया कप क्रिकेट : नेपाल भर्सेस बंगलादेश (लाइभ)

सारांश

  • काठमाडौं, कात्तिक २५ – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत अहिले नेपालले बंगलादेशसँग खेलिरहेको छ ।
  • मलेसियाको क्वालालमपुरको किनरारा एकेडेमीको ओभर मैदानमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।
  • नेपाल समूह ‘ए’ मा रहेको छ ।

काठमाडौं, कात्तिक २५ – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत अहिले नेपालले बंगलादेशसँग खेलिरहेको छ । मलेसियाको क्वालालमपुरको किनरारा एकेडेमीको ओभर मैदानमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।

नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल र बंगलादेशबिच अहिलेसम्म औपचारिक प्रतियोगितामा चार पटक मात्रै खेलेका छन् । त्यसमा नेपालले एक खेल मात्रै जितेको छ । तीन खेलमा पराजित भएको छ ।

नेपालले सन् २००२ को १९ वर्षमुनिको विश्वकपमा बंगलादेशलाई २३ रनले हराएर प्लेच च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । त्यसबेला विनोद दास नेपाली टोलीका कप्तान थिए । अहिले उनी मुख्य प्रशिक्षक हुन् ।

सन् १९९७ को युथ एसिया कपमा नेपालको यु–१९ टोली बंगलादेशसँग ९ विकेटले पराजित भएको थियो । यस्तै सन् १९९९ मा पनि बंगलादेशसँग नेपाल ६ विकेटले पराजित भयो । पछिल्लो पटक नेपाली टोली सन् २०१५ को यु–१९ विश्वकपमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?