कोरोनाबाट चितवनमा वडाध्यक्षको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २५, २०७७
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
  • उहाँ गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित हुनुभएको थियो ।
  • उहाँकोे भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उहाँ गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित हुनुभएको थियो ।

उहाँकोे भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ६९ वर्षीय तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि यही असोज २३ गते अस्पताल भर्ना गरिएको थियो ।

असोज १४ गते पिसीआर परीक्षण गरिएकोमा दुई दिनपछि कोरोना पुष्टि भएको थियो । उनीलाई मधुमेह, उच्च रक्तचापको समस्या रहेको संयोजक डा पौडेलले बताउनुभयो । अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उनीलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि भ्यान्टिलेटरमा राखेर उपचारका क्रममा उनीको मृत्यु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तत्कालीन अर्थमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन आज सभामुखलाई प्रतिवेदन बुझाउने तयारी
तत्कालीन अर्थमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन आज सभामुखलाई प्रतिवेदन बुझाउने तयारी
काेल्ट्सकाे १०० रन पुरा, नेपाल दबावमा !
काेल्ट्सकाे १०० रन पुरा, नेपाल दबावमा !
अबको चार दिन यसकारण सतर्क रहन आग्रह
अबको चार दिन यसकारण सतर्क रहन आग्रह
प्रचण्डको आरोप ‘ओलीकै सक्रियतामा एमाले पार्टी आयोगमा दर्ता भएको हो’
प्रचण्डको आरोप ‘ओलीकै सक्रियतामा एमाले पार्टी आयोगमा दर्ता भएको हो’
इन्टरनेटको मूल्य घटाइने, सरकारले दियाे इन्टरनेट सेवा प्रदायक संघलाइ चेतावनि
इन्टरनेटको मूल्य घटाइने, सरकारले दियाे इन्टरनेट सेवा प्रदायक संघलाइ चेतावनि
अष्ट्रेलियामा नेपाल भ्रमण वर्षको शुभारम्भ
अष्ट्रेलियामा नेपाल भ्रमण वर्षको शुभारम्भ
कानुन बनाउने चटारो छोडेर सभामुख विदेशतिर
कानुन बनाउने चटारो छोडेर सभामुख विदेशतिर
यू-१९ एसिया कप: नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित
यू-१९ एसिया कप: नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित
नेपाली क्रिकेट निलम्बन मुक्त हुने सम्भावना
नेपाली क्रिकेट निलम्बन मुक्त हुने सम्भावना
१३ यात्रुसहित भारतीय वायुसेनाको विमान हरायो, चिनियाँ सीमामा पुगेको आशंका
१३ यात्रुसहित भारतीय वायुसेनाको विमान हरायो, चिनियाँ सीमामा पुगेको आशंका

तपाईंले छुटाउनुभयो कि?