नेकपा(एस)को सचिवालय बैठक स्थगित

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १, २०८०
|
|
१७ पटक हेरिएको
Shares
नेकपा(एस)को सचिवालय बैठक स्थगित

सारांश

  • काठमाडौँ ।
  • नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
  • पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेकाले भोलि बिहान ९ बजे पुनः बस्ने गरी बैठक स्थगित गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेकाले भोलि बिहान ९ बजे पुनः बस्ने गरी बैठक स्थगित गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित गरिएको बैठकमा आज सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिवद्वय डा विजय पौडेल र डा गङ्गालाल तुलाधरले आफ्ना धारणा राखेका थिए ।

पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदहरूमा कसलाई मनोनीत गर्ने विषयमा भोलि छलफल गरिने जनाइएको छ । पार्टीमा केही उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेशमा इन्चार्ज पद रिक्त छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?