सन्दीपलाई यसपटक कति खर्चेला! आइपिएलमा फेरि दिल्लीबाटै खेल्ने
सारांश
- काठमाडौं ।
- गत वर्ष नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने पहिलोपटक दिल्ली डेयरमा अनुबन्धित भए ।
- उनले त्यहाँ नयाँ छाप छोड्न सफल भए दिल्लीले नयाँ आउँदो सिजनको इन्डियन प्रिमियर लिगका स्पिनर सन्दीपलाई फेरि अनुबन्ध गर्नेगरी नाम सार्वजनिक गरेको छ ।
काठमाडौं । गत वर्ष नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने पहिलोपटक दिल्ली डेयरमा अनुबन्धित भए । उनले त्यहाँ नयाँ छाप छोड्न सफल भए दिल्लीले नयाँ आउँदो सिजनको इन्डियन प्रिमियर लिगका स्पिनर सन्दीपलाई फेरि अनुबन्ध गर्नेगरी नाम सार्वजनिक गरेको छ ।
उनी नेपालबाट आइपिएल खेल्ने पहिलो खेलाडी बने । सन्दीपले फेरि पनि दिल्ली डेयरबाट आइपिएल खेल्ने पक्का भएको हो । दिल्लीले नयाँ सिजनका आइपिएलका लागि पुन अनुबन्ध गरेको नामलिस्टमा सन्दीपसमेत छन् ।
गत वर्ष दिल्लीले सन्दीपलाई भारतीय २० लाख अर्थात ३२ लाख रुपैयाँमा किनेको थियो । उनले खेलेका तीन खेलमा सनसनीपूर्ण प्रदर्शन गरेका थिए । सन्दीपले डेब्यु खेलमै २५ रन खर्चेर १ विकेट लिएका थिए ।
तर, यसपटक उनलाई कति पारिश्रमिकमा किनिन्छ भन्ने कुरा टुंगिसकेको छैन । यसपटक उनी भारु २० लाख भन्दा बढीमा अनुबन्धित हुने सबैको विश्वास छ ।
दिल्लीले अनुभवी कप्तान गौतम गम्भीर, अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलजस्ता खेलाडीलाई गरी १० जनालाई रिजिल गरेको छ ।
प्रतिक्रिया