जनकपुरलाई प्रदेश राजधानी बनाउन कांग्रेसले गृहकार्य शुरु गर्‍यो: निधि

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ४, २०७४
|
|
३४ पटक हेरिएको
Shares
जनकपुरलाई प्रदेश राजधानी बनाउन कांग्रेसले गृहकार्य शुरु गर्‍यो: निधि

सारांश

  • जनकपुर, ४ मंसिर।
  • नेपाली काँग्रेसका नेता तथा धनुषा-३ का प्रतिनिधिसभाका उम्मेदवार बिमलेन्द्र निधिले प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई प्रदेश नं २ को राजधानी बनाउन नेपाली काँग्रेसभित्र गृहकार्य शुरु गरेको बताएका छन्।
  • निधिले चुनावी प्रचार प्रसारका क्रममा जनकपुर उद्योग वाणिज्य संघमा आयोजित चुनावी सभामा बोल्दै जनकपुरलाई प्रदेशको राजधानी बनाउन काँग्रेसले केन्द्रमा लबिङ शुरु गरिसकेको जानकारी गराउनुभयो।

जनकपुर, ४ मंसिर। नेपाली काँग्रेसका नेता तथा धनुषा-३ का प्रतिनिधिसभाका उम्मेदवार बिमलेन्द्र निधिले प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई प्रदेश नं २ को राजधानी बनाउन नेपाली काँग्रेसभित्र गृहकार्य शुरु गरेको बताएका छन्।

निधिले चुनावी प्रचार प्रसारका क्रममा जनकपुर उद्योग वाणिज्य संघमा आयोजित चुनावी सभामा बोल्दै जनकपुरलाई प्रदेशको राजधानी बनाउन काँग्रेसले केन्द्रमा लबिङ शुरु गरिसकेको जानकारी गराउनुभयो। ‘प्रदेशको राजधानी बनाउनु चानचुने कुरा होइन । गम्भीर प्रयास र सहयोगको खाँचो छ र जनकपुरलाई राजधानी बनाउन म लागिपरेको छु,’ निधिले भने ।

प्रदेश नं २ को राजधानी बनाउनु आफ्नो प्रमुख एजेण्डा रहेको बताउनु हुँदै निधिले भने, “राजधानी बनाउन पूर्वाधार आवश्यक हुन्छ, केही व्यापारीले जनकपुर चुरोट कारखानाको सम्पत्ति खरिद गर्ने प्रयास गरिरहेको बेला स्थानीय प्रशासनको मातहतमा ल्याएको छु ।‘

निधिले जटही–ढल्केबर व्यापारिक मार्ग निर्माण कार्य जारी रहेको बताउँदै निर्माण कार्य पूरा हुनासाथ जनकपुर व्यापारिक केन्द्र बन्ने निश्चित बताए।

निधिले व्यापारिक मार्ग निर्माणका साथै सीमा क्षेत्रमा नाका सञ्चालन भए लगत्तै स्थानीय व्यापारीलाई आयात निर्यात गर्न सहज हुने दावी थियो।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?