प्रधानन्यायाधीश गोपाल पराजुली एसएलसी पास भएको खुल्यो (हेर्नुहोस् मार्कसिटसहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २८, २०७४
|
|
२२ पटक हेरिएको
Shares
प्रधानन्यायाधीश गोपाल पराजुली एसएलसी पास भएको खुल्यो (हेर्नुहोस् मार्कसिटसहित)

सारांश

  • काठमाडौं, पुस २८ ।
  • डा.
  • गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले एसएलसी पास नगरेको र दुई नागरिकता भएको भन्दै शैक्षिक योग्यता र नागरिकतामाथि प्रश्न उठाएपछि सर्वाेच्च अदालतले उनका कागजपत्र झिकाएको छ ।

काठमाडौं, पुस २८ । डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले एसएलसी पास नगरेको र दुई नागरिकता भएको भन्दै शैक्षिक योग्यता र नागरिकतामाथि प्रश्न उठाएपछि सर्वाेच्च अदालतले उनका कागजपत्र झिकाएको छ ।

झिकाइएको कागजपत्रमा प्रधानन्यायाधीश पराजुलीले कक्षा १० अर्थात ‘एसएलसी’ पास गरेको पाइएको छ । मार्कसिटमा पराजुलीले तेस्रो श्रेणीमा एसएलसी पास गरेको देखिन्छ ।

मार्कसिटमा भरतपुर केन्द्रबाट परिक्षा दिएको र सिम्बोल नम्बर ११७ रहेको गोपाल पराजुली उल्लेख छ । पराजुलीले वीरगञ्जको नेपाल राष्ट्रिय विद्यापिठबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेको पाइएको हो ।

स्रोतका अनुसार पराजुली कक्षा १० को पहिलो परीक्षामा फेल भएका थिए । लगत्तै पुन परीक्षा दिएर पास भएका थिए । उनको शैक्षिक योग्यताबारे प्रश्न उठाउनेहरुले फेल भएको लेखेको तर पुन परीक्षा दिएर पास गरेको विषय लुकाएको पराजुली निकट स्रोतको दाबी छ ।

हेर्नुहोस् मार्कसिट :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?