नेकपाको भातृ संगठनसहितको एकीकरण जेठ ३ मा घोषणा गर्ने तयारी
सारांश
- काठमाडौं ।
- नेपाल कम्युनिष्ट पार्टीको एकता केन्द्रमा मात्रै सीमित भयो भन्दै आलोचना भैरहँदा जिल्लामा पनि एकता भएको छ ।
- अब बाँकी भातृ संगठनमा एकीकरणको प्रक्रिया अल्झेको छ ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको एकता केन्द्रमा मात्रै सीमित भयो भन्दै आलोचना भैरहँदा जिल्लामा पनि एकता भएको छ । अब बाँकी भातृ संगठनमा एकीकरणको प्रक्रिया अल्झेको छ ।
पूर्व एमाले र माओवादी केन्द्रका २२ वटा भ्रातृ संगठनमध्ये ५ वटाकाको मात्रै एकीकरण भएको छ । अरु सबै एकीकरण हुन बाँकी छन् । नेकपाका शीर्ष नेताले भने बाँकी रहेका एकता प्रक्रिया आगामी जेठ ३ मा घोषणा गर्ने तयारी गरेको बताएका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार भएको छलफलमा शीर्ष नेताहरू पार्टी एकताको वार्षिकोत्सवमा पोलिटब्युरो गठन, केन्द्रीय सदस्य काम बाँडफाँड, भातृसंगठनको एकीकरण गर्ने सहमतिमा पुगेको बताएका छन् ।
प्रधानमन्त्री ओली कम्बोडिया र भियतनामको भ्रमणबाट फर्केपछि सचिवालय बैठक बसी जेठ ३ मा घोषणा गर्ने बताइएको छ ।
प्रतिक्रिया