राजनीतिमा अर्को ट्वीस्टः एमाले र माओवादी केन्द्र फेरि एक हुने सम्भावना

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २, २०७७
|
|
५० पटक हेरिएको
Shares
राजनीतिमा अर्को ट्वीस्टः एमाले र माओवादी केन्द्र फेरि एक हुने सम्भावना

सारांश

  • नेपालको राजनीतिमा फेरि अर्को ट्वीस्ट भएको छ ।
  • औपचारिक रुपमा विभाजित भएको ८ दिनमै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुने सम्भावना भएको छ ।
  • एमाले र माओवादी केन्द्रबीच एकता गर्न विभिन्न विकल्पमा छलफल बढेको छ ।

नेपालको राजनीतिमा फेरि अर्को ट्वीस्ट भएको छ । औपचारिक रुपमा विभाजित भएको ८ दिनमै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुने सम्भावना भएको छ ।

एमाले र माओवादी केन्द्रबीच एकता गर्न विभिन्न विकल्पमा छलफल बढेको छ । त्यसका लागि एकता अभियानका संयोजक बामदेव गौतम सक्रिय हुँदै आएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच सहमति बनाउन प्रयास गर्दै आएका थिए ।

हिजो साँझ गौतमले माधवकुमार नेपाल र झलनाथ खनालसँग गोप्य छलफल गरेका थिए । उक्त छलफलमा वार कि पार गर्नेबारे कुरा भएको थियो । गौतमलाई संयोजक बनाउन अगाडि बढाउन नेपाल र खनाल पनि सहमत भएका थिए । सकेसम्म पार्टी एकता गर्न ओलीसँग कुरा गर्ने नभए छुट्टै तरिकाले बढ्ने सहमति बनेको थियो । त्यसको परिणाम आज ओली र नेपालबीच भेटवार्ता भएको हो ।

सर्वोच्च अदालतले २३ फागुनमा नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने गरी फैसला सुनाएको थियो । त्यसपछि निर्वाचन आयोगले पार्टी छुट्टै बनाउने या एकताका लागि आउने भन्नेबारे जानकारी गराएको थियो । आयोगले १५ दिनभित्र एमाले र माओवादी केन्द्रलाई निर्णय लिएर आउन समय दिएको छ । त्यो समय अझै १० दिन बाँकी छ । अबको दश दिनभित्र एमाले र माओवादी केन्द्र एक हुने या अलग हुने टुंगो लाग्नेछ ।

बामदेव गौतमको पहलमा राजनीतिक ट्वीस्ट हुन लाग्दा ओली र नेपालबीच सहमतिको प्रयास चलेको हो । सहमति बनेमा प्रचण्डसँग पनि पार्टी एकता अगाडि बढ्ने सम्भावना छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोलुखुम्बुको थामेमा भीषण बाढी, १ जना बेपत्ता,१२ वटा घरमा क्षति
सोलुखुम्बुको थामेमा भीषण बाढी, १ जना बेपत्ता,१२ वटा घरमा क्षति
गाउँपालिका केन्द्र सार्न लागेको विरोधमा तालाबन्दी
गाउँपालिका केन्द्र सार्न लागेको विरोधमा तालाबन्दी
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकाको मृत्यु, २५ बेपत्ता
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकाको मृत्यु, २५ बेपत्ता
धुर्मुस सुन्तलीको सिको गर्दै गिरानचौरमै अर्को एकीकृत बस्ती
धुर्मुस सुन्तलीको सिको गर्दै गिरानचौरमै अर्को एकीकृत बस्ती
Operacji do sprawienia z Totolotek Bonus
प्रचण्ड-नेपाल पक्षद्वारा आक्रामक तयारी
प्रचण्ड-नेपाल पक्षद्वारा आक्रामक तयारी
सन्दर्भः १६ दिने महिलाहिंसा विरुद्धको अभियान बाँच्न पाउने अधिकार गुमाउँदै बलात्कृत बालिका
अपडेट: सल्यानमा बस खोलामा खस्यो, चारको मृत्यु, दुईको सनाखत
अपडेट: सल्यानमा बस खोलामा खस्यो, चारको मृत्यु, दुईको सनाखत
नेकपा केन्द्रीय कमिटी बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा
नेकपा केन्द्रीय कमिटी बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त, शुक्रबार शपथ हुने
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त, शुक्रबार शपथ हुने