नेकपाको सचिवालय समिति वैठक बस्दै, सबै नेतालाई व्यस्त बनाउने तयारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २०, २०७५
|
|
१५ पटक हेरिएको
Shares
नेकपाको सचिवालय समिति वैठक बस्दै, सबै नेतालाई व्यस्त बनाउने तयारी

सारांश

  • काठमाडौं २० असार – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय समितिको वैठक आज बस्दैछ ।
  • आज बुधबार तेस्रो बैठक बोलाइएको हो ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान ९ बजेका लागि बोलाइएको नेकपाका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

काठमाडौं २० असार – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय समितिको वैठक आज बस्दैछ । आज बुधबार तेस्रो बैठक बोलाइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान ९ बजेका लागि बोलाइएको नेकपाका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । वैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजनको विषयमा छलफल लगायतका एजेन्डा तय भएका छन् ।

साथै तल्लो तहका समिति र भातृ संगठन एकताका विषयमा समेत छलफल हुने बताइएको छ ।
नेकपाले ४४१ जना नेताकै कार्यविभाजन तयारी गरेको छ ।

सबै नेतालाई व्यवस्त हुनेगरी कामको जिम्मेवारी बाँडफाँड हुनेगरी छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?