बिस्केट जात्रा शान्तिपूर्णरूपमा सम्पन्न गर्न सहमति

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २०, २०७९
|
|
२३ पटक हेरिएको
Shares
बिस्केट जात्रा शान्तिपूर्णरूपमा सम्पन्न गर्न सहमति

सारांश

  • काठाडौँ ।
  • यही चैत २७ गतेदेखि भक्तपुरमा सुरु हुने बिस्काः अर्थात् बिस्केट जात्रालाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई जिम्मेवारी दिइएको छ ।
  • जिल्ला प्रशासन कार्यालयमा जात्रासँग सरोकार राख्ने सम्पूर्ण निकायकाबीच भएको छलफलमा जात्रा शान्तिपूर्ण, व्यवस्थित, भव्य र सभ्यरूपलमा सम्पन्न गर्ने सहमति भएको हो ।

काठाडौँ । यही चैत २७ गतेदेखि भक्तपुरमा सुरु हुने बिस्काः अर्थात् बिस्केट जात्रालाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई जिम्मेवारी दिइएको छ । जिल्ला प्रशासन कार्यालयमा जात्रासँग सरोकार राख्ने सम्पूर्ण निकायकाबीच भएको छलफलमा जात्रा शान्तिपूर्ण, व्यवस्थित, भव्य र सभ्यरूपलमा सम्पन्न गर्ने सहमति भएको हो ।

हरेक वर्ष रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुने, अनावश्यक मानिसले हुलहुज्जत गर्ने, रथबाट खसेर वा रथको टायरमा च्यापिएर मृत्यु हुनेलगायत घटनाले ऐतिहासिक जात्राको महत्वमाथि नै प्रश्न चिन्ह उठ्न थालेपछि यसवर्ष जात्रा शान्तिपूर्णरूपमा सम्पन्न गराउन सबै सरोकार निकाय लाग्ने भएका हुन् । जात्राको पहिलो दिन चैत २७ गते भैरवको रथमा पूजा दिउँसो १ बजेसम्म गरी रथ तान्ने र अपरान्ह ५ बजेसम्म सम्पन्न गर्नुपर्ने कार्यतालिका बनाइएको छ ।

छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जात्रालाई व्यवस्थित र मर्यादितरूपले सम्पन्न गर्न नगरपालिकाले आवश्यक तयारी गरेको बताए । उहाँले सरोकारवाला अन्य निकाय तथा पदाधिकारीले पनि आ–आफ्ना जिम्मेवारी समयमै इमान्दारिपूर्वक पूरा गर्नु पर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिस्केट जात्राले भक्तपुरलाई मात्र नभइ नेपाललाई नै अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने भएकाले यसलाई यसवर्ष शान्तिपूर्ण, अनुशासित र भव्य रुपले सम्पन्न गरी उदाहरण प्रस्तुत गर्नुपर्ने बताए। यस जात्राका बारेमा विगत वर्षमा हुँदै आएका गलत धारणालाई चिर्दै भक्तपुरको शान र गौरवका लागि पनि सरोकारवाला सबै पक्षलाई सहयोग गर्न उनले आह्वान गरे । जिल्ला सुरक्षा समिति र प्रशासनिक तवरले गर्नुपर्ने सबै तयारी समयमै पूरा गरिने बताउँदै प्रजिअ रिजालले गुठी संस्थानको शाखा कार्यालयलाई गुणस्तरीय सामग्री समयमै उपलब्ध गराएर जात्रा समयमै सुरु गर्न र साँझ नपर्दै सम्पन्न गर्न निर्देशन पनि दिए ।

भक्तपुर प्रहरी परिसर, नेपाली सेनाको इन्द्रबक्स गण, राष्ट्रिय अनुन्धान विभागको कार्यालय, सशस्त्र प्रहरी बल, नेपाल टेलिकम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल विद्युत् प्राधिकरण, नेपाल रेड्क्रस सोसाइटी, भैरवनाथ जात्रा सहयोग समिति, जात्राका नाइके, पूजारी र स्थानीय युवा क्लबका प्रतिनिधिलगायतले आ–आफ्नो तर्फबाट भएका तयारी र जात्रा व्यवस्थापनका सम्बन्धमा सुझाव प्रस्तुत गरेका थिए ।

जात्रामा स्वास्थ्यकर्मीसहितको प्राथमिक उपचार केन्द्र, एम्बुलेन्स, दमकललगायत सामग्री तयारी अवस्थामा राख्ने, सडक मार्गमा राखिएका निर्माण सामग्री हटाउने, बिजुलीलगायत केबुलका तार हटाइ व्यवस्थित गर्ने, खानेपानीको व्यवस्था मिलाउने, जात्रा व्यवस्थापन, तयारीको अनुमगनका लागि नगरपालिकालाई अनुरोध गर्नेजस्ता निर्णय पनि भएको छ । गुठी संस्थान भक्तपुर शाखाका प्रमुख खिमा ओलीले जात्राका लागि आवश्यक सामग्रीको तयारी भइरहेको बताए । उनले दिउँसो १ बजे नै तौमढीमा भैरबको रथ तानेर जात्रा सुरु गरी साँझ नपर्दै रथ तान्ने कार्य सम्पन्न गरिने जानकारी दिए ।

जात्रा अवधिभर नगर क्षेत्रको शान्ति सुरक्षाको व्यवस्था गरिने, सम्पूर्ण पूजाआजा र जात्रा समयमै सुरु एवं सम्पन्न गर्न आवश्यक तयारीको लागि गुठीले नै गर्ने, जात्रासँग सम्बन्धित पूजाआजा र आवश्यक तयारीका लागि भैल नायोहरु, जात्रा व्यवस्थापन समिति र सम्बन्धित वडा कार्यालयलाई जिम्मेवारी लिने, जात्रा सञ्चालन हुने नगरका सम्पूर्ण क्षेत्रमा रहेको तार, केबुल र फाइबरनेटका केबुलहरु सम्बन्धित सेवा प्रदायकले व्यवस्थापन गर्नेलगायत सहमति पनि भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डडेल्धुरा बस दुर्घटना, मृतक १८ जनाको सनाखत
सडक दुर्घटना सातको मृत्यु
सडक दुर्घटना सातको मृत्यु
संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामा दफाबार छलफल सुरु
संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामा दफाबार छलफल सुरु
जाँदाजाँदै किन यस्तो गरे गगन थापाले ?
जाँदाजाँदै किन यस्तो गरे गगन थापाले ?
यस्तो छ प्रधानमन्त्रीको युरोप भ्रमणको कार्यतालिका, अक्सफोर्डमा सम्बोधनदेखि महत्वपूर्ण सम्झौतासम्म
यस्तो छ प्रधानमन्त्रीको युरोप भ्रमणको कार्यतालिका, अक्सफोर्डमा सम्बोधनदेखि महत्वपूर्ण सम्झौतासम्म
पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरर दुर्घटनाको कारण हिमाली आँधी
पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टरर दुर्घटनाको कारण हिमाली आँधी
अर्थमन्त्री खतिवडाविरूद्ध नेकपाकी नेतृ , राष्ट्रियसभामा बजेटमाथि छलफल
पत्रकार रानालाई ‘प्लाष्टिक एनिमिया’, राना बचाऊ अभियान
पत्रकार रानालाई ‘प्लाष्टिक एनिमिया’, राना बचाऊ अभियान
प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय माग
प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय माग
दक्षिणी चीन सागरमा चिनियाँ बम वर्षक विमान तैथानको अर्थ के हो ?
दक्षिणी चीन सागरमा चिनियाँ बम वर्षक विमान तैथानको अर्थ के हो ?

तपाईंले छुटाउनुभयो कि?