इङ्गलिस प्रिमियर लिगमा टोटनहृयाम र आर्सनलको जित

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २८, २०७४
|
|
४८ पटक हेरिएको
Shares
इङ्गलिस प्रिमियर लिगमा टोटनहृयाम र आर्सनलको जित

सारांश

  • २८ फागुन, काठमाडौं ।
  • इङ्गलिस प्रिमियर लिग फुटबलमा टोटनहृयाम र आर्सनलले आ-आफ्नो खेल जितेका छन् ।
  • आइतबार राति भएका खेलमा टोटनहृयामले बर्नमाउथलाई ४-१ ले तथा आर्सनलले वाट्फोर्डलाई ३-० ले हराए ।

२८ फागुन, काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा टोटनहृयाम र आर्सनलले आ-आफ्नो खेल जितेका छन् । आइतबार राति भएका खेलमा टोटनहृयामले बर्नमाउथलाई ४-१ ले तथा आर्सनलले वाट्फोर्डलाई ३-० ले हराए ।

टोटनहृयामको जितमा सन हेङ मिनले दुई गोल गरे भने डेली अली र सर्ज अरियरले एक-एक गोल थपे । बर्नमाउथका जुनियर स्टानलासले सान्त्वना एक गोल फर्काए ।

घरेलु मैदानमा बर्नमाउथले सुरुवाती अग्रता लिएको थियो । खेलको सातौं मिनेटमै स्टानलासले गोल गरे पनि हार टार्न सकेन ।

जितसँगै टोटनहृयाम अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । टोटनहृयामले ३० खेलबाट ६१ अंक जोड्दा ३३ अंकसहित बर्नमाउथ १२ औं स्थानमा छ ।

यसैगरी घरेलु मैदानमा वाटफोर्डलाई हराउँदा आर्सनलका शोकड्रान, पियर एमरिक र हेनिरिकले एक-एक गोल गरे । यो जितसँगै ४८ अंकसहित आर्सनल लिगको छैटौं स्थानमा छ ।

पराजित वाट्फोर्ड ३६ अंकसहित दशौं स्थानमा छ । पहिलो स्थानमा म्यानचेस्टर सिटी, दोस्रोमा म्यानचेस्टर युनाइटेड र तेस्रो स्थानमा टोटनहृयाम छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पन्ध्र वर्षपछि नयाँ ‘राष्ट्रिय विज्ञान तथा नव–प्रवर्तन नीति’
पन्ध्र वर्षपछि नयाँ ‘राष्ट्रिय विज्ञान तथा नव–प्रवर्तन नीति’
उद्योग कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन
उद्योग कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन
काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारद्वारा सतर्कता अपनाउन आग्रह
काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारद्वारा सतर्कता अपनाउन आग्रह
उपसभामुखबाट अध्यक्षता गर्दै संसद् अधिवेशन प्रारम्भ
उपसभामुखबाट अध्यक्षता गर्दै संसद् अधिवेशन प्रारम्भ
सिटी र लिभरपुलले अंक बाढे
सिटी र लिभरपुलले अंक बाढे
सम्पत्ति बेच्दै चीनका कुनै बेलाका सर्वाधिक धनी व्यक्ति, यस्तो रहेछ कारण
सम्पत्ति बेच्दै चीनका कुनै बेलाका सर्वाधिक धनी व्यक्ति, यस्तो रहेछ कारण
५ सय ११ नेपाली युक्रेनको सीमावर्ती देश पुगे, भारतीय विमानबाट नेपाल ल्याउने तयारी
५ सय ११ नेपाली युक्रेनको सीमावर्ती देश पुगे, भारतीय विमानबाट नेपाल ल्याउने तयारी
एकीकृत समाजवादीले थप्यो पदाधिकारी, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष पद रहने
एकीकृत समाजवादीले थप्यो पदाधिकारी, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष पद रहने
पाँचसय शै्ययाको निगरानी कक्ष निर्माण हुने
पाँचसय शै्ययाको निगरानी कक्ष निर्माण हुने
राष्ट्रपतिले बोलाईन् नेतालाई शितल निवास
राष्ट्रपतिले बोलाईन् नेतालाई शितल निवास