नेकपामा वामदेव गौतमको छलाङ, बन्लान् त प्रधानमन्त्री ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण ३२, २०७६
|
|
४५ पटक हेरिएको
Shares
नेकपामा वामदेव गौतमको छलाङ, बन्लान् त प्रधानमन्त्री ?

सारांश

  • नेपाल कम्युनिष्ट पार्टीको ३२ विभागको टुंगो लगाउँदा वाजी मार्ने नेता थिए वामदेव गौतम ।
  • वरियतामा पाँचौं स्थान पाउँदै उपाध्यक्ष बनाउने निर्णय भयो ।
  • शक्तिशाली मानिएको संगठन विभागको जिम्मेवारी उनैले पाए ।

नेपाल कम्युनिष्ट पार्टीको ३२ विभागको टुंगो लगाउँदा वाजी मार्ने नेता थिए वामदेव गौतम । वरियतामा पाँचौं स्थान पाउँदै उपाध्यक्ष बनाउने निर्णय भयो । शक्तिशाली मानिएको संगठन विभागको जिम्मेवारी उनैले पाए । किसान महासंघ विभागको प्रमुख पनि वामदेव नै भए ।

वामदेवले महत्वपूर्ण पद पाउनुमा उनले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मालाई एक वर्षयता कडा चुनौती दिनु मुख्य कारण थियो । वामदेवको चुनौतीका कारण पार्टीीभत्र ओली कमजोर हुँदै गएका थिए । अहिले वामदेवलाई चित्त बुझाउने गरी महत्वपूर्ण जिम्मेवारी दिएर चुप लगाउन सके ।

बर्दियामा चुनाव लड्दा आफूलाई हराउन अध्यक्ष केपी शर्मा ओलीको भूमिका रहेको गुनासो वामदेवको थियो । उनलाई चुनाव हराउन भूमिका खेल्नेमा महेश बस्नेतको नाम अगाडि आएको थियो । अहिले तिनै बस्नेतले ओलीको उत्तराधिकारी वामदेव रहेको चर्चा चलाए । ओलीपछि प्रचण्ड नभई वामदेव प्रधानमन्त्री बन्ने बताएर नेकपाभित्र तरंग ल्याइदिए । उनले भनेजस्तै ओलीले वामदेवलाई साथ ल्याएर पल्लाभारी बनाएका छन् ।

वामदेवलाई तीनवटा जिम्मेवारी दिंदा अध्यक्ष प्रचण्ड समेत समर्थनमा देखिए । ओलीले वामदेवलाई महत्वपूर्ण पद दिएर एक तीरबाट दुई शिकार गरे । एक, वामदेवलाई प्रचण्डको नजिकबाट तानेर आफू नजिक बनाए । दुई, प्रचण्डलाई समेत वामदेवलाई तीनवटा पद दिंदा विरोध गर्न नसक्ने बताइदिए । ओलीले यस अर्थमा चार्तुयता देखाए ।

ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्न खुट्टा उचालेर बसेका छन् । साँढे दुइ वर्ष कार्यकालपछि प्रधानमन्त्री बन्न तम्तयार भइसकेका प्रचण्डलाई चुनौती दिनका लागि वामदेव तयार गरिएका छन् । वामदेव नेकपाका प्रभावशाली नेताहरुमध्ये एकमात्र प्रधानमन्त्री बन्न नसेका नेता हुन् । ओली बहाललवाला प्रधानमन्त्री हुन्, प्रचण्ड दुईपटक प्रधानमन्त्री बनिसके । माधवकुमार नेपाल र झलनाथ खनाल पनि प्रधानमन्त्री बनिसके । वामदेवमा प्रधानमन्त्री बन्ने उत्कट चाहना देखिदैछ ।

पाचौं वरियताका वामदेवमा प्रधानमन्त्री बन्ने महत्वाकांक्षा छ । यसैलाई मध्यनजर गरी ओलीले गतिलो कार्ड तयार गरेका छन् । प्रभावशाली नेता आफ्नो साथमा ल्याउन ओलीका लागि ठूलो सफलता भएको छ । यसले उनलाई राजनीतिमा लामो दौडको घोडा बनाउने सम्भावना देखिदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले लेखे शीर्षकविनाको कविता, र भने मरेपछि पनि सपना देख्न पाउँ
प्रधानमन्त्री ओलीले लेखे शीर्षकविनाको कविता, र भने मरेपछि पनि सपना देख्न पाउँ
३३ किलो सुन प्रकरण: एसएसपी खत्री फरार !
३३ किलो सुन प्रकरण: एसएसपी खत्री फरार !
प्रदेश १ निर्माण व्ययसायी महासंघको सहआयोजना २ दिने e-GP तालिम उदयपुरमा सम्पन्न
प्रदेश १ निर्माण व्ययसायी महासंघको सहआयोजना २ दिने e-GP तालिम उदयपुरमा सम्पन्न
अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्दै सभामुख महरा
अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्दै सभामुख महरा
निर्वाचन आयोगद्धारा फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन सबैसँग आग्रह
निर्वाचन आयोगद्धारा फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन सबैसँग आग्रह
आरडिटी पोजेटिभको मृत्यु स् कोरोना सङ्क्रमणको आशङ्का
आरडिटी पोजेटिभको मृत्यु स् कोरोना सङ्क्रमणको आशङ्का
नयाँ कक्षाकोठामा पढ्न पाउँदा उत्साहित छन् चेपाङ बालबालिका
नयाँ कक्षाकोठामा पढ्न पाउँदा उत्साहित छन् चेपाङ बालबालिका
“तोकिएकै मितिमा सेना लगाएर भए पनि मधेशमा चुनाव गराउँछु” झुठो साबित
“तोकिएकै मितिमा सेना लगाएर भए पनि मधेशमा चुनाव गराउँछु” झुठो साबित
Mostbet 27 Betting Company And On-line Casino In Banglades
यी हुन् काठमाडौंका मुख्य प्रतिस्पर्धी २४ उम्मेदवार
यी हुन् काठमाडौंका मुख्य प्रतिस्पर्धी २४ उम्मेदवार