“तोकिएकै मितिमा सेना लगाएर भए पनि मधेशमा चुनाव गराउँछु” झुठो साबित
सारांश
- “तोकिएकै मितिमा सेना लगाएर भए पनि मधेशमा चुनाव गराउँछु” भनी प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको नाममा केही संचारमाध्यमबाट प्रकाशित सनसनीखेज समाचारप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
- सो समाचार कपोलकल्पित, भ्रामक र सम्बन्धित व्यक्तिकै जानकारी बेगरको भनी प्रमुख निर्वाचन आयुक्तले आश्चर्यसहित गम्भीर आपत्ति प्रकट गरेका हुन् ।
- १९ वर्षपछि जनताले संघीय संरचनाअन्तर्गत पहिलोचोटी आफ्नो मताधिकार प्रयोग गर्न र स्थानीय सरकार छान्न गइरहेको यस ऐतिहासिक घडीमा समाचारको सत्यता, विषयवस्तुको गाम्भीर्यताप्रति पूर्ण सजग र अझ बढी सचेत रहँदै आफ्ना सूचना सामग्री पत्रकार आचारसंहिताको परिधिभित्रै रहेर सम्प्रेषण गर्नहुन सम्पूर्ण सञ्चारमाध्यम तथा सञ्चारकर्मीसमक्ष हार्दिक आह्वान गरि प्रेस बिज्ञप्ति द्वारा सचेत गराएका छन् ।
“तोकिएकै मितिमा सेना लगाएर भए पनि मधेशमा चुनाव गराउँछु” भनी प्रमुख निर्वाचन आयुक्त
अयोधीप्रसाद यादवको नाममा केही संचारमाध्यमबाट प्रकाशित सनसनीखेज समाचारप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
सो समाचार कपोलकल्पित, भ्रामक र सम्बन्धित व्यक्तिकै जानकारी बेगरको भनी प्रमुख निर्वाचन आयुक्तले आश्चर्यसहित गम्भीर आपत्ति प्रकट गरेका हुन् ।
१९ वर्षपछि जनताले संघीय संरचनाअन्तर्गत पहिलोचोटी आफ्नो मताधिकार प्रयोग गर्न र स्थानीय सरकार छान्न गइरहेको यस ऐतिहासिक घडीमा समाचारको सत्यता, विषयवस्तुको गाम्भीर्यताप्रति पूर्ण सजग र अझ बढी सचेत रहँदै आफ्ना सूचना सामग्री पत्रकार आचारसंहिताको परिधिभित्रै रहेर सम्प्रेषण गर्नहुन सम्पूर्ण सञ्चारमाध्यम तथा सञ्चारकर्मीसमक्ष हार्दिक आह्वान गरि प्रेस बिज्ञप्ति द्वारा सचेत गराएका छन् ।
प्रतिक्रिया