नेकपा केन्द्रीय कमिटी बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १५, २०७६
|
|
६१ पटक हेरिएको
Shares
नेकपा केन्द्रीय कमिटी बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा

सारांश

  • काठमाडौं।
  • सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ।
  • पार्टी एकतापछि बस्न लागेको पहिलो बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्न नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आवश्यक तयारीमा जुटेका छन्।

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। पार्टी एकतापछि बस्न लागेको पहिलो बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्न नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आवश्यक तयारीमा जुटेका छन्।केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय ओली र दाहालले संयुक्त रूपमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन्।

सरकारका राम्रा कामका साथै नेकपाले पार्टी एकताको सन्देश दिने गरी ६ महिने जागरण अभियान देशैभरि सञ्चालन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले अगामी कार्ययोजनामा सो अभियानबारे उल्लेख गर्दै राजनीतिक प्रतिवेदन तयारी गरिएको नेकपा स्रोतले जनाएको छ ।

 बैठकको सुरुमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले सम्बोधन गर्ने र त्यसपछि अध्यक्षद्वयका तर्फबाट अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। बुधबार नै सातै प्रदेशका अध्यक्षले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने र बिहीबारदेखि समूहगत रूपमा छलफल हुनेछ
बैठकमा पार्टी महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् । बैठकमा सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने गरी विधान संशोधनका साथै पार्टीको अगामी कार्ययोजनासहितका विभिन्न विषयमा गम्भीर रूपमा छलफल हुने बताइएको छ ।

 

छलफलका एजेन्डा
–अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन
–महासचिव विष्णु पौडेलको विधान संशोधन
–पार्टीको अगामी ६ महिने अभियान
–सातै प्रदेशका अध्यक्षको प्रतिवेदनबारे

बैठकको सुरुमा अध्यक्षद्वय ओली र दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै समूह विभाजन गरी छलफल सुरु गरिने योजना छ । ४ सय ५० सदस्यीय केन्द्रीय कमिटीलाई तीन समूहमा विभाजन गरी छलफल गरिने तयारी भइरहेको जनाइएको छ । तीनमध्ये एक समूह पार्टी केन्द्रीय कार्यालय धुम्बाराही, दोस्रो समूह राष्ट्रिय सभागृह र तेस्रो समूहलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा छलफलका लागि तोकेर समूहगत छलफल अगाडि बढाउने तयारी छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा ३ जेठ २०७५ मा पार्टी एकता भएको थियो । त्यसपछि निर्वाचन आयोगमा नागरिकताको प्रतिलिपि र हस्ताक्षर बुझाउन केन्द्रीय सदस्यलाई बालुवाटार बोलाइएको थियो । पार्टी एकता पछिको यो पहिलो बैठक हो। पार्टीको अन्तरिम विधानमा केन्द्रीय कमिटी बैठक प्रत्येक ६ महिनामा बस्नुपर्ने उल्लेख गरिएको छ।

(tuneupfitness.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?