डडेल्धुरामा बस दुर्घटना, ७ जनाको मृत्यु
सारांश
- काठमाडाैं।
- डडेल्धुरामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ, २४ जना घाइते भएका छन् ।
- भीमदत्त राजमार्गअन्रगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो।
काठमाडाैं। डडेल्धुरामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ, २४ जना घाइते भएका छन् । भीमदत्त राजमार्गअन्रगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो।
७ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएकाे छ। घाइतेहरुलाई स्थानीय अस्पताल लगिएको छ ।धनगढीबाट बझाङका लागि छुटेको बस दुर्घटनामा परेको हो। बस नम्बर खुलेको छैन। प्रहरी घटनास्थल पुगेर घाइतेहरु उद्धार गरिरहेको बताइएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया