नेकपा देखाएर सत्ता जोगाउने नीति

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २४, २०८०
|
|
२० पटक हेरिएको
Shares
नेकपा देखाएर सत्ता जोगाउने नीति

सारांश

  • काठमाडौं।
  • सत्ता गठबन्धनभित्र रहेका कांग्रेस र नागरिक उन्मुक्ति पार्टीबाहेक कम्युनिस्ट घटक र त्यससँग नजिक रहेका एक गरी चार दलबीच समाजवादी मोर्चाको यात्रा सुरु भएको छ।
  • नेकपा माओवादी, जनता समाजवादी, एकीकृत समाजवादी र नेकपा विप्लवसहित गठन भएको समाजवादी मोर्चाको यात्रा सुरु भएको हो।

काठमाडौं। सत्ता गठबन्धनभित्र रहेका कांग्रेस र नागरिक उन्मुक्ति पार्टीबाहेक कम्युनिस्ट घटक र त्यससँग नजिक रहेका एक गरी चार दलबीच समाजवादी मोर्चाको यात्रा सुरु भएको छ। नेकपा माओवादी, जनता समाजवादी, एकीकृत समाजवादी र नेकपा विप्लवसहित गठन भएको समाजवादी मोर्चाको यात्रा सुरु भएको हो। मोर्चा गठन भएको दुई सातापछि पहिलो बैठक शनिबार नेकपा एसको पार्टी कार्यालयमा बस्यो। शनिबारको बैठकले पनि न्यूनतम साझा अजेन्डा तय गर्न सकेन। मोर्चा ४ असारमा गठन भएको थियो।

त्यसयता सामान्य बैठकसमेत बस्न नसकेको अवस्थामा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन समयमा एमाले र माओवादी मिलेर बनेको नेकपा ब्युताउँने चर्चा गरे। करिब १५ दिन त्यो चर्चा गरेपछि शनिबार उनीहरूको अपौचारिक बैठक बस्यो।

बैठकमा नेकपा व्यूताउने चर्चाको विषयमा पनि कुराकानी भए पनि कस–कसलाई कहाँ राखेर व्यूताउने एमालेविनाको नेकपा ब्युताँउदा पर्ने असर बृहत् कम्युनिस्ट मोर्चा बनाउँदाको असरको विषयमा पनि केही चर्चा भएको थियो। तर यसको चर्चाले नेकपा ब्युँताउने भन्दा पनि सत्ता जोगाउने नीति मात्रै भएको देखिन्छ।

मोर्चा बनाएपछि सरकारमा ५४ सिट भएको छ। मोर्चाको साझा धारणा बनाएर सरकारमा प्रस्तुत हुने प्रधानमन्त्री दाहालको रणनीतिमा बल पुगेको छ। जसले गर्दा कांग्रेससँगको बार्गेनिङ पावर पनि बढेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘उद्धार बेवास्ता’ले पर्यटकको मृत्यु
मेरो भ्वाइसको उपाधि प्रितम राईलाई र डान्स युनिभर्सको उपाधि खुशी कार्कीलाई
मेरो भ्वाइसको उपाधि प्रितम राईलाई र डान्स युनिभर्सको उपाधि खुशी कार्कीलाई
प्रचण्डको भावुकता: पत्निकाे मुहार नहेरि मञ्चमा उक्लिएनन् प्रचण्ड !
प्रचण्डको भावुकता: पत्निकाे मुहार नहेरि मञ्चमा उक्लिएनन् प्रचण्ड !
साङ्लोले बाँधेर राखिएका युवकको उद्धार
साङ्लोले बाँधेर राखिएका युवकको उद्धार
Deadly smog returns in Dehli
Deadly smog returns in Dehli
कोरोनाबाट थप ५ जनाको मृत्यु, कुल मृतकको सख्या १९३२ पुग्यो
सरकारको बिषयमा भ्रमित भैराख्न पर्दैन् यो देश केपिअोलिको सरकारले बनाउछ: युवासंघ अध्यक्ष पौडेल
सरकारको बिषयमा भ्रमित भैराख्न पर्दैन् यो देश केपिअोलिको सरकारले बनाउछ: युवासंघ अध्यक्ष पौडेल
बेलायतका राजकुमार ह्यारीले निकुञ्ज भ्रमण गरेयता निकुञ्जमा पर्यटक बढे
बेलायतका राजकुमार ह्यारीले निकुञ्ज भ्रमण गरेयता निकुञ्जमा पर्यटक बढे
भारतीय सेना प्रमुखलाई कालो झण्डा देखाउने धम्की दिएका पुण्य गौतम पक्राउ
भारतीय सेना प्रमुखलाई कालो झण्डा देखाउने धम्की दिएका पुण्य गौतम पक्राउ
खेलकुदमा राजनीति घुसपैठ गर्न नहुने – खेलकुद मन्त्री
खेलकुदमा राजनीति घुसपैठ गर्न नहुने – खेलकुद मन्त्री

तपाईंले छुटाउनुभयो कि?