धर्तीकी परिलाई आकाश चुम्ने रहर
सारांश
- काठमाडौं, २० भदौ ।
- आकाश चुम्ने रहर कसको नहोला र ?
- जुनसुकै व्यक्ति पनि आफ्नो क्षेत्रमा आकाश चुम्न चाहन्छ ।
काठमाडौं, २० भदौ । आकाश चुम्ने रहर कसको नहोला र ? जुनसुकै व्यक्ति पनि आफ्नो क्षेत्रमा आकाश चुम्न चाहन्छ । त्यस्तै रहर छ, धर्तीकी सुन्दरी परि जोशीको ।
यी धर्तीकी परि परि जोशी सिन्धुपाल्चोकको धारखोलामा जन्मिएकी हुन् । हाल इमाडोलमा बस्दै आएकी परि जोशी मोडलिङ क्षेत्रमा व्यस्त छिन् । मोडलिङको क्षेत्रमा पाइला सारेकी यी परि यही क्षेत्रको आकाश चुम्न चाहन्छिन् । मोडलिङको दुनियाँमा संघर्षरत परिका सुन्दर तस्वीरहरु काठमाडौं क्रेज डटकमले पनि प्रकाशित गरेको छ ।
मोडल परिले विभिन्न मोडलिङ साइटहरुमा त छँदैछ, विभिन्न म्युजिक भिडियोहरुमा पनि मोडलिङ गरेकी छन् । ओई सानी, म छु परदेश, धर्ती एउटै बोलका गीतहरुमा उनको जीवन्त अभिनय हेर्न सकिन्छ । अझै पनि अभिनय यात्रामा अगाडि बढ्ने उनको चाहना छ ।

हेर्नुहोस् परिका भिडियोहरु
ओई सानी
म छु परदेश
धर्ती एउटै
https://youtu.be/x5Xpj8Wxpl8
प्रतिक्रिया