नेकपा पोलिटव्यूरो र केन्द्रीय सदस्यको जिम्मेवारी कहिले तोक्ने ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १७, २०७५
|
|
४४ पटक हेरिएको
Shares
नेकपा पोलिटव्यूरो र केन्द्रीय सदस्यको जिम्मेवारी कहिले तोक्ने ?

सारांश

  • काठमाडौं, १७ पुस ।
  • नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को पोलिटव्यूरो र केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँट गर्न गठित कार्यदलले गृहर्काय शुरु गरेको छ ।
  • एकिकरण कार्यदलले पुस मसान्तसम्म एकिकरणको खाका तयार गर्ने जनाएको छ ।

काठमाडौं, १७ पुस । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को पोलिटव्यूरो र केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँट गर्न गठित कार्यदलले गृहर्काय शुरु गरेको छ । एकिकरण कार्यदलले पुस मसान्तसम्म एकिकरणको खाका तयार गर्ने जनाएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्युरो गठन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकमा उहाँहरुले एकीकरण र कार्य्विभाजनका सबै संगठनात्मक काम गर्न कार्यदललाई म्यान्डेट रहेको जानकारी दिए ।

नेकपाको पार्टी एकिकरण भएको करिब ८ महिना पुग्नै लाग्दा समेत तल्ला तहका कमिटीको एकता हुन सकेको छैन । केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाडफाँट हुन नसकेको भन्दै पार्टीमा मतभेद कायमै छ । केन्द्रीय सदस्यहरुले आफ्नो जिम्मेवारी तोकिनुपर्ने भन्दै यसअघि अध्यक्ष्यद्वयलाई ज्ञापनपत्र बुझाइसकेका छन् । कार्यदलले पार्टीका अपुरा काम छिट्टै टुंग्याउने सदस्य लेखराज भट्टले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?