सात महिनाभित्रमा १० हजारले लिए राहदानी

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १, २०७९
|
|
४६ पटक हेरिएको
Shares
सात महिनाभित्रमा १० हजारले लिए राहदानी

सारांश

  • नवलपरासी ।
  • नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बाट चालु आर्थिक वर्ष २०७९/८० को पछिल्लो सात महिनाको अवधिमा करिब १० हजार व्यक्तिले राहदानी लिएका छन् ।
  • जिल्ला प्रशासन कार्यालयका अनुसार गत साउनदेखि माघसम्म करिब १० हजार जनाले राहदानी लिएका हुन् ।

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बाट चालु आर्थिक वर्ष २०७९/८० को पछिल्लो सात महिनाको अवधिमा करिब १० हजार व्यक्तिले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गत साउनदेखि माघसम्म करिब १० हजार जनाले राहदानी लिएका हुन् ।

रामग्राम नगरपालिकाअन्तर्गत सुरक्षित आप्रवासन सामी परियोजनाका अनुसार वैदेशिक रोजगारलाई सकारात्मक र नकारात्मक दुवै पाटोले हेर्दा ५६ प्रतिशत घरमा रेमिट्यान्स भित्रिएको छ भने नेपालको करिब ४० लाख जनशक्ति वैदेशिक रोजगारका सिलसिलामा कुनै न कुनैरुपमा देश बाहिर रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

वैदेशिक रोजगारीका कारण समाजमा सामाजिक र वैदेशिक समस्या बढ्दो रहेको परियोजनाले जनाएको छ । विगतमा महिला वैदेशिक रोजगारीबाट फर्केपश्चात् आफू वैदेशिक रोजगारीबाट फर्केको भन्नसक्ने अवस्था नरहेको, कुण्ठितरुपमा बस्नुपर्ने अवस्था रहेको भन्दै अहिले केही परिवर्तन आएको परियोजनाको निष्कर्ष छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ