महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन सकेनन् : सभापति देउवा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २४, २०७५
|
|
४६ पटक हेरिएको
Shares
महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन सकेनन् : सभापति देउवा

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।
  • आज एक विज्ञप्तिमार्फत मुलुक अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको र शहरदेखि गाउँमा महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको उल्लेख गरेका छन् ।

काठमाडौं । नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । आज एक विज्ञप्तिमार्फत मुलुक अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको र शहरदेखि गाउँमा महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको उल्लेख गरेका छन् ।

“हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको ठूलो खतरा, आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक र सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो । काङ्ग्रेस सबैखाले हिंसाको अन्त्य चाहन्छ । महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन दिवसले सहयोग पु¥याउनेछ भन्ने मैले विश्वास लिएको छु”, विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर महिला दिदीबहिनीले आफ्नो प्राणको आहुति गरेको उल्लेख गर्दै सभापति देउवाले महिलाप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

स्थापित लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र सम्वद्र्धनका लागि पनि महिला दिदीबहिनीको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहने विश्वास व्यक्त गर्दै दिवसको शुभकामनामा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राज्य व्यवस्था समितिको पहिलो बैठकमै पत्रकारहरुलाई निषेध
राज्य व्यवस्था समितिको पहिलो बैठकमै पत्रकारहरुलाई निषेध
दिवंगत मन्त्रीलाई राजकीय सम्मान दिइने, भोली सार्वजनिक विदाको घोषणा
दिवंगत मन्त्रीलाई राजकीय सम्मान दिइने, भोली सार्वजनिक विदाको घोषणा
सडक सुरक्षामा मेट्रो ट्राफिक एफएमको योगदान उच्च: चौधौँ वार्षिकोत्सवमा साङ्गठनिक सहकार्यको साझा प्रतिबद्धता
सडक सुरक्षामा मेट्रो ट्राफिक एफएमको योगदान उच्च: चौधौँ वार्षिकोत्सवमा साङ्गठनिक सहकार्यको साझा प्रतिबद्धता
सर्वदलीय बैठकमा के के विषयमा भयो छलफल ?
सर्वदलीय बैठकमा के के विषयमा भयो छलफल ?
फ्रान्सका बेन्जामिन पभार्डकाे गाेल बन्याे उत्कृष्ट गोल (हेर्नुहाेस भिडियाे)
फ्रान्सका बेन्जामिन पभार्डकाे गाेल बन्याे उत्कृष्ट गोल (हेर्नुहाेस भिडियाे)
डाभोसमा प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुहोस
डाभोसमा प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुहोस
लगातार ४५ दिनसम्म PUBG खेल्दा एक युवकको मृत्यु
लगातार ४५ दिनसम्म PUBG खेल्दा एक युवकको मृत्यु
मल्लकालीन मन्दिर नयाँ स्वरुपमा बन्दै
मल्लकालीन मन्दिर नयाँ स्वरुपमा बन्दै
वीरगञ्जमा कोरोनाका कारण अहिलेसम्म ४५ जनाले ज्यान गुमाए
त्रिशुली नदीमा ट्रक खस्दा चालक बेपत्ता
त्रिशुली नदीमा ट्रक खस्दा चालक बेपत्ता