नेताहरुको मतदान(फोटो फिचर)
सारांश
- काठमाडौँ, मंसिर १०।
- प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरणको निर्वाचन अन्तर्गत ३२ जिल्लामा बिहान सात बजेबाट मतदान शुरु भएको छ।
- हिमाली तथा पहाडी जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाको ७४ निर्वाचन क्षेत्रका लागि मतदान हुँदैछ।
काठमाडौँ, मंसिर १०। प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरणको निर्वाचन अन्तर्गत ३२ जिल्लामा बिहान सात बजेबाट मतदान शुरु भएको छ। हिमाली तथा पहाडी जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाको ७४ निर्वाचन क्षेत्रका लागि मतदान हुँदैछ। विभिन्न राजनीतिक दलका नेता तथा सर्वसाधारणहरुले मतदान गर्दै गरेको फोटोहरु फेसबुकमा राखेका छन्।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणमा जम्मा ७०२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
पहिलो चरणको निर्वाचनमा जम्मा ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्ने छन् भने आइतबार सम्पन्न हुने निर्वाचनमा दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्रमा मतदान हुँदैछ।

मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदाताको मताधिकारलाई आयोगले सुनिश्चित गरेको छ।



प्रतिक्रिया