मङ्सिरदखि नियमित रेल सञ्चालन !

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १९, २०७५
|
|
३३ पटक हेरिएको
Shares
मङ्सिरदखि नियमित रेल सञ्चालन !

सारांश

  • काठमाडाैँ १९ कात्तिक ।
  • भारतको बथनाहादेखि मोरङको विराटनगर महानगरपालिकाको बुधनगरसम्म अाइतबार रेल आइपुगेको छ।
  • निर्माण सम्पन्न भएको रेल्वे कस्टम यार्ड र भारतीय रेल्वे स्टेशन बथनाहातर्फबाट ट्र्याकमा फलाम लिक बिछ्याउँदै ३ दशमलब ३ किलोमिटरसम्म विस्तार र परीक्षण गर्ने क्रममा रेल बुधनगर ल्याइएको हो।

काठमाडाैँ १९ कात्तिक । भारतको बथनाहादेखि मोरङको विराटनगर महानगरपालिकाको बुधनगरसम्म अाइतबार रेल आइपुगेको छ। निर्माण सम्पन्न भएको रेल्वे कस्टम यार्ड र भारतीय रेल्वे स्टेशन बथनाहातर्फबाट ट्र्याकमा फलाम लिक बिछ्याउँदै ३ दशमलब ३ किलोमिटरसम्म विस्तार र परीक्षण गर्ने क्रममा रेल बुधनगर ल्याइएको हो। हालसम्म रेल्वेको परीक्षण भइसकेको जोगवनी–विराटनगर निर्माण कम्पनी इरकोनका राजाराम भगतले जानकारी दिए। परीक्षणका क्रममा अाइतबार रेलको इञ्जिनको डिब्बा ल्याइएको हो। आगामी मङ्सिर २६ गतेदेखि नियमितरुपमा सञ्चालन गरिने उनले बताए।

सो मार्गका चल्ने रेल भने यात्रुवाहक होइन। कच्चा पदार्थ ढुवानी गर्न सहजताका लागि व्यापारी व्यवसायीले प्रयोग गर्नेछन्। बथनाहा–कटहरी १८ किमी दूरीको रेलमार्गमध्ये बथनाहा–बुधनगरको आठ किमी रेलमार्ग निर्माण भएपछि रेलको परीक्षण गरिएको हो। रेल्वे निर्माण कम्पनी इन्कोरका असिस्टेन्ट मेनेजर रणवीर कुमारका अनुसार आगामी पुससम्ममा रेल्वे निर्माणको काम सम्पन्न गर्नुपर्ने सीमा भएपनि नेपालतर्फ भएको जग्गा मुआब्जा विवादका कारण १८ किलोमिटरमै काम नसकिने देखिएको छ। भारतको बथनाहाबाट बुधनगर आइपुगेको रेलको इञ्जिन बोक्ने डब्बामा भरतकारेल विभाग र निर्माण कम्पनी इरकोनका प्रतिनिधि सवार थिए। रेलबाट उत्रिएका इरकोन कम्पनीको सञ्चालक अश्विनी कुमारले सञ्चारकर्मीसँग कुरा गर्दै मङ्सिर २६ गतेदेखि निर्वाधरुपमा सञ्चालन हुने बताए। बुधनगरमा रेल आइपुगेपछि स्थानीय निकै हर्षित भएका छन्।

रेल आउनु दुई घण्टा अगावैदेखि स्थानीय कुरेर बसेका थिए। विराटनगर–१८ का वडाध्यक्ष सञ्जय साहले बुधनगरमा रेल आएपछि सबैलाई फाइदा पुग्ने बताउँछन्। नेपाल र भारत सरकारबीच सन् २०१० मा विभिन्न पाँच स्थानमा रेलमार्ग विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो। यसको सम्पूर्ण खर्च भारत सरकारले बेहोर्ने र नेपालतर्फको जमीनको मुआब्जा नेपाल सरकारले व्यहोर्ने समझदारी भएको थियो। समझदारीअनुसार सन् २०१७ सम्ममा नेपाली भूमिमा रेल ल्याई पु-याउनुपर्ने भएपनि विराटनगर–जोगवनी रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवादले असर गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालकृष्ण ढुङ्गेललाई पूर्वजनमुक्ति सेनाको पत्र: एकदिन जेलको पर्खाल भत्काउन आउनेछौं
बालकृष्ण ढुङ्गेललाई पूर्वजनमुक्ति सेनाको पत्र: एकदिन जेलको पर्खाल भत्काउन आउनेछौं
बिमस्टेक सचिव स्तरिय बैठक : ग्रीड कनेक्टिभिटी सहित १६ एजेण्डा तय
बिमस्टेक सचिव स्तरिय बैठक : ग्रीड कनेक्टिभिटी सहित १६ एजेण्डा तय
करोडौंको सुन समातिँदा पनि किन टाट पल्टिँदैनन् तस्कर ? यस्तो छ कारण
करोडौंको सुन समातिँदा पनि किन टाट पल्टिँदैनन् तस्कर ? यस्तो छ कारण
पुस २७ गते आइतबारको राशिफल यस्तो छ
पुस २७ गते आइतबारको राशिफल यस्तो छ
Steer Clear Of That With all your Russian Deliver Order Better half
मलेसियामा दिलबहादुर बचाउ आर्थिक संकलन अभियानको समापन, जम्मा साढे ६ लाख सहयोग
मलेसियामा दिलबहादुर बचाउ आर्थिक संकलन अभियानको समापन, जम्मा साढे ६ लाख सहयोग
रविविरुद्ध ३ कसुर प्रमाणित भए कम्तीमा ७ वर्षसम्म जेल सजाय
रविविरुद्ध ३ कसुर प्रमाणित भए कम्तीमा ७ वर्षसम्म जेल सजाय
भैंसेपाटी मन्त्री निवास खण्डहर: नयाँ मन्त्रीहरूलाई आवासको सास्ती, पुनर्निर्माण अझै अनिश्चित
भैंसेपाटी मन्त्री निवास खण्डहर: नयाँ मन्त्रीहरूलाई आवासको सास्ती, पुनर्निर्माण अझै अनिश्चित
Hayley Kiyoko And Kehlani’s ‘What I Need’ Video Is The Queer Adventure Of Your Dreams
Hayley Kiyoko And Kehlani’s ‘What I Need’ Video Is The Queer Adventure Of Your Dreams
‘लोकतन्त्र रोज्ने की अधिनायकवाद’-प्रधानमन्त्री देउवा
‘लोकतन्त्र रोज्ने की अधिनायकवाद’-प्रधानमन्त्री देउवा

तपाईंले छुटाउनुभयो कि?