नेताहरु नारिएर सबै बाझो बारी जोत्न तयार हुनुपर्छ : जनार्दन शर्मा

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १५, २०७४
|
|
२५ पटक हेरिएको
Shares
नेताहरु नारिएर सबै बाझो बारी जोत्न तयार हुनुपर्छ : जनार्दन शर्मा

सारांश

  • काठमाडौं, पुस १५ ।
  • माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभावकार’ ले नेताहरु नारिएर सबै बाझो बारी जोत्न तयार हुनुपर्ने बताएका छन् ।
  • बिहीबार काठमाडौं उपत्यकाका बाम गठबन्धनका उम्मेदवारहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले बाझो बारी जोत्न सबै नेताहरु तयार हुनुपर्ने बताएका हुन् ।

काठमाडौं, पुस १५ । माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभावकार’ ले नेताहरु नारिएर सबै बाझो बारी जोत्न तयार हुनुपर्ने बताएका छन् । बिहीबार काठमाडौं उपत्यकाका बाम गठबन्धनका उम्मेदवारहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले बाझो बारी जोत्न सबै नेताहरु तयार हुनुपर्ने बताएका हुन् ।

‘अब बन्ने नयाँ सरकारमा जानेहरुले मान्छे भेट्दै समय बिताउने समय हुने छैन्,’ उनलेभने, ‘हरेकले आफ्नो योजनामा अहोरात्र खटेर काम गर्नुपर्नेछ । त्यसकारण हाम्रो अगाडि सकारात्मक चुनौती आएको महसुस हुन्छ ।’

उनले सरकारको हिस्सामा बसेकाहरु तोकेको घण्टा काम गर्नेछौं भनेर नभन्नुहोला, रातदिन देश र जनताको लागि काम गर्नुपर्ने बताए । आम नेपाली युवाहरुलाई एउटा नयाँ अभियानमा लैजाने उनले बताए ।

‘चुनावमा जितेकाहरुले जनतासँग गरेका प्रतिबद्वताहरुप्रति कत्ति पनि विचलित नभईकन हामी अगाडि बढ्नुपर्छ । यदि हामी इमान्दार र जनताप्रति उत्तरदायी छौं भने यो काम पूरा गर्नुपर्छ,’ उनले भने ।

उनले थपे, ‘जितेर आएकाहरुले मात्र सबै काम गर्नुपर्ने आम बुझाई छ । जितेर आएकाले प्रतिनिधित्व गर्ने हो, गर्ने आम कार्यकर्ता र जनताले ले नै हो ।’

जनताले देखेका सपनाहरु पूरा गर्न हामीले धेरै ठूलो मेहनत गर्नुपर्ने बताउँदै शर्माले भने, ‘देशको अर्थतन्त्रलाई एउटा नयाँ ठाउँमा लैजानका लागि जनताको अपेक्षा पूरा गर्नका लागि हामीसँग धेरै चुनौतीहरु छन् ।’

अहिलेको सरकारप्रतित लक्षित गर्दै शर्माले भने, ‘राष्ट्रको सम्वृद्विको लागि अहिलेको अवस्था, अहिलेको आर्थिक अवस्था तपाईंहरुले हेर्नुभयो के अवस्था छ ? हिजो मात्र गरेका केही निर्णयहरुले सेयरबजारमा खैल्लाबैल्ला आएको छ ।’

भ्रटाचारले व्याप्त यो समाजालाई निमूल पार्नु हाम्रो कर्तव्य रहेको शर्माले बताए । उनले थपे, ‘अब बन्ने सरकार त्यसको विरुद्व लड्नेछ । त्यसकारण ठूलठूला चुनौतीहरु हामीसामू छन् ।’

https://www.youtube.com/watch?v=vYA2fXDGO4A

पार्टी एकता भइसक्यो
शर्माले पार्टी एकता हुनुपर्छ भनेर माग गर्नुपर्दैन, एकता भइसक्यो, त्यसलाई व्यवस्थापन गरेर आ–आफ्नो ठाउँमा जिम्मेवार बन्न आग्रह गरे । उनले भने, ‘त्याग गर्न तयार हौं । त्याग गर्न पर्छ । मलाई यही पद चाहिन्छ भनेर हुँदैन्, मेरो तर्फबाट म त्याग गर्न तम्तयार छु ।’

हामी सामू केपी ओली र प्रचण्ड मुख्य नेताको रुपमा हुनुहुन्छ, उनले भने, ‘झलनाथ खनाल, माधव नेपाल, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठलगायतका टिम हामीले जो संयोजन समिति भनेर टिम बनाएका छौं, यो टिमले दृढतापूर्वक अगाडि बढ्नुपर्छ ।’

उनले देशका सबै विज्ञ विशेषज्ञहरुका सल्लाह सुझावसहति अब एउटा नयाँ नेपाल निर्माण अभियान थाल्नुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?