आन्दोलनरत ट्याङ्कर चालक काममा फर्किए

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १५, २०७६
|
|
२९ पटक हेरिएको
Shares
आन्दोलनरत ट्याङ्कर चालक काममा फर्किए

सारांश

  • काठमाडाैं।
  • ट्याङ्करमा इन्धन भर्ने बखतको तापक्रम र खाली गर्ने बेलामा भएको तापक्रमको फरकका आधारमा इन्धनको परिणाम घटिबढी हुने सहमतिसँगै आन्दोलनरत ट्याङ्कर चालक मंगलबारदेखि काममा फर्केका छन्।
  • नेपाल आयल निगमको रहोबरमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका पदाधिकारी तथा नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन, हवाई इन्धन ढुवानी इकाइ समितिका पदाधिकारीबीच मंगलबार भएको छलफलमा इन्धनको तापक्रममा हुने फरकअनुसार नै परिणाम घटिबढी हुने व्यवस्था लागू गर्ने सहमति भएसँगै आन्दोलनरत ट्याङ्कर चालक काममा फर्केका हुन्।

काठमाडाैं। ट्याङ्करमा इन्धन भर्ने बखतको तापक्रम र खाली गर्ने बेलामा भएको तापक्रमको फरकका आधारमा इन्धनको परिणाम घटिबढी हुने सहमतिसँगै आन्दोलनरत ट्याङ्कर चालक मंगलबारदेखि काममा फर्केका छन्।

नेपाल आयल निगमको रहोबरमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका पदाधिकारी तथा नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन, हवाई इन्धन ढुवानी इकाइ समितिका पदाधिकारीबीच मंगलबार भएको छलफलमा इन्धनको तापक्रममा हुने फरकअनुसार नै परिणाम घटिबढी हुने व्यवस्था लागू गर्ने सहमति भएसँगै आन्दोलनरत ट्याङ्कर चालक काममा फर्केका हुन्।

छलफलमा ट्याङ्कर चालकले राखेका माग एक महिनाभित्र सम्बोधन गर्न दुबै पक्षका प्रतिनिधिसम्मिलित एक समिति गठन गर्ने सहमति भएको छ। इन्धन ढुवानीका क्रममा ५० लिटरभन्दा बढी परिणाम कम भए दोब्बर जरिवाना गर्ने निगमको निर्णयको विरोध गर्दै ट्याङ्कर चालक आन्दोलनमा उत्रिएका थिए । अहिले १८१ टयाङ्करले भारतीय आयल कर्पोरेशनबाट हवाई इन्धन ढुवानी गर्दै आएका छन् । ढुवानीका क्रममा हुने चुहावट रोक्न निगमले ‘लकिङ’ प्रणाली कार्यान्वयनमा ल्याएको भए पनि चोरी पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छाउपडी कायमै
छाउपडी कायमै
यी हुन् संसारकै सबैभन्दा सुन्दर महिला, विज्ञानले नै प्रमाणित गरिसक्यो !
यी हुन् संसारकै सबैभन्दा सुन्दर महिला, विज्ञानले नै प्रमाणित गरिसक्यो !
प्रभावकारी हुन सकेन बक्स अफिस, बोर्ड र निर्देशकबीचकाे जुहारी
प्रभावकारी हुन सकेन बक्स अफिस, बोर्ड र निर्देशकबीचकाे जुहारी
उम्मेदवार सिफारिसमा डडेलधुरामा कांग्रेसको दुई गुट, देउवा भने दुबै गुटबाट सिफारिस
उम्मेदवार सिफारिसमा डडेलधुरामा कांग्रेसको दुई गुट, देउवा भने दुबै गुटबाट सिफारिस
नवलपरासीमा बाढी पहिरोको असर, ठाउँ ठाउँमा डुबान
नवलपरासीमा बाढी पहिरोको असर, ठाउँ ठाउँमा डुबान
श्रीमान्-श्रीमतीलाई नै संसद् नबनाउन माग
श्रीमान्-श्रीमतीलाई नै संसद् नबनाउन माग
वरिष्ठ नेता खनालले राजपालाई लगाएको आरोप यस्तो छ ।
वरिष्ठ नेता खनालले राजपालाई लगाएको आरोप यस्तो छ ।
को हुने मुख्यमन्त्री ? एमालेमा रडाको, पाँच नम्बरमा शंकर पोख्रेललाई हाइसञ्चो
दशैमा देशका यी स्थानबाट साट्नुस नयाँ पैसा
दशैमा देशका यी स्थानबाट साट्नुस नयाँ पैसा
आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर
आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर

तपाईंले छुटाउनुभयो कि?