भाषाको पोल्टामा नासाको रोड सेफ्टी मिडिया अवार्ड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १९, २०७५
|
|
३५ पटक हेरिएको
Shares
भाषाको पोल्टामा नासाको रोड सेफ्टी मिडिया अवार्ड

सारांश

  • काठमाडौं, १९ असार ।
  • नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)ले प्रदान गर्ने “रोड सेफ्टी मिडिया अवार्ड” नागरिक दैनिककी भाषा शर्माको पोल्टामा परेको छ ।
  • बेलायतका पूर्व यातायातमन्त्री पाउल क्लार्क, फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिज्म (एफआईएम) का प्रतिनिधि ओमार जारौर, इन्डियन एलाइन्स फर रोड सेफ्टी एनजीओका अध्यक्ष अनुराग कुल श्रेष्ठ, नेशनल रोड सेफ्टी एलाइन्स नेपालका संयोजक तथा सांसद योगेश भट्टराई र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य संघका सदस्य सौरभ ज्योति लगायतले उनलाई सो अवार्ड प्रदान गरे ।

काठमाडौं, १९ असार । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)ले प्रदान गर्ने “रोड सेफ्टी मिडिया अवार्ड” नागरिक दैनिककी भाषा शर्माको पोल्टामा परेको छ ।

बेलायतका पूर्व यातायातमन्त्री पाउल क्लार्क, फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिज्म (एफआईएम) का प्रतिनिधि ओमार जारौर, इन्डियन एलाइन्स फर रोड सेफ्टी एनजीओका अध्यक्ष अनुराग कुल श्रेष्ठ, नेशनल रोड सेफ्टी एलाइन्स नेपालका संयोजक तथा सांसद योगेश भट्टराई र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य संघका सदस्य सौरभ ज्योति लगायतले उनलाई सो अवार्ड प्रदान गरे ।

नेपालको सडक सुरक्षाका लागि निरन्तररुपमा कलम चलाएवापत सो अवार्ड प्रदान गरिएको हो । अवार्डको साथमा सम्मानपत्र तथा नगद ११ हजार १ सय ११ नगद रहेको छ । नेपालको सडक सुरक्षामा क्रियाशील नासाले रोड सेफ्टी फोरम नेपाल र स्वतन्त्रता अभियान नेपाल लगायतका संस्थाहरुको सहकार्यमा रोड सेफ्टी मिडिया अवार्ड वितरण गर्दै आइरहेको छ ।

यसै सन्दर्भमा यो वर्षलाई “मोटरसाइक्लिङ सेफ्टी इयर २०७५” को रुपमा मनाइने भएको छ । नासा अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसनले सो घोषणा गरेको हो । नेपालमा हुने सडक दुर्घटनाको मुख्य कारण मोटरसाइकल भएकोले यसबारेमा जनचेतना जगाउनका लागि यो वर्ष विभिन्न कार्यक्रम गरिने नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ)का अध्यक्ष सीताराम न्यौपानेले बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shikhar News

    congratulation !

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?