सुनुवाइ समितिका सदस्यलाई पेस्तोल ताकेपछि…

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
१८ पटक हेरिएको
Shares
सुनुवाइ समितिका सदस्यलाई पेस्तोल ताकेपछि…

सारांश

  • काठमाडाै,१६ साउन ।
  • प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको सुनुवाई गरिरहेको संसदीय सुनुवाई समितिकी एक सदस्य निरुदेवी पाललाई सोमबार बेलुका नयाँ बानेश्वरमा समितिको बैठकमा नजान दबाब दिँदै अज्ञात व्यक्तिले पेस्तोल तेर्स्याएपछि सबै सदस्यहरुलाई मंगलबार निजी सुरक्षा अधिकारी (पीएसओ) पठाइएको थियाे।
  • पाल दूध किन्न सोमबार बेलुका ८ बजेतिर घरबाहिर निस्केका बेला उनलाई अज्ञात व्यक्तिले बैठकमा नजान दबाब दिँँदै पेस्तोल तेर्स्याएको स्रोतले जानकारी दिएको छ।

काठमाडाै,१६ साउन । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको सुनुवाई गरिरहेको संसदीय सुनुवाई समितिकी एक सदस्य निरुदेवी पाललाई सोमबार बेलुका नयाँ बानेश्वरमा समितिको बैठकमा नजान दबाब दिँदै अज्ञात व्यक्तिले पेस्तोल तेर्स्याएपछि सबै सदस्यहरुलाई मंगलबार निजी सुरक्षा अधिकारी (पीएसओ) पठाइएको थियाे।

पाल दूध किन्न सोमबार बेलुका ८ बजेतिर घरबाहिर निस्केका बेला उनलाई अज्ञात व्यक्तिले बैठकमा नजान दबाब दिँँदै पेस्तोल तेर्स्याएको स्रोतले जानकारी दिएको छ। पालले सुरक्षा खतराबारे समितिका अध्यक्ष लक्ष्मणलाल कर्णलाई जानकारी गराएपछि उनले सभामुखलाई जानकारी गराएको स्रोतले  जानकारी दियो।

ती पेस्तोलधारीले आफ्नो मोबाइलसमेत लुटेर लगेको पालले जानकारी गराएकी थिइन्।सभामुखले यसबारे गृहमन्त्रीलाई जानकारी गराएपछि उनले सुनुवाई समितिका सबै १५ सदस्यहरुलाई पीएसओ पठाउन निर्देशन दिएका थिए।यसअघि नै पीएसओ लिइरहेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका अतिरिक्त अन्य सदस्यहरुले पीएसओ लिन सुरु गरेको जानकारी नेकपाका नेता तथा सुनुवाई समितिका सदस्य योगेश भट्टराईले बताएका थिए ।‘मेरो पीएसओ आज बिहान (बुधबार) आइपुगेका छन्,’ उनले जानकारी दिए।

सुनुवाई समितिको बुधबार साढे तीनबजेका लागि निर्धारित बैठक एक घन्टापछि साढे चार बजे बल्ल सुरु भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?