नेता खड्काको निधनले दाङ स्तब्ध

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १८, २०७४
|
|
३७ पटक हेरिएको
Shares
नेता खड्काको निधनले दाङ स्तब्ध

सारांश

  • दाङ, १८ चैत, विकासप्रेमी नेता खुमबहादुर खड्काको निधनले दाङ स्तब्ध भएको छ ।
  • दंगालीहरुले विकासप्रेमी नेतालाई गुमाएको अभिव्यक्ति दिएका छन् ।
  • खड्कालाई पार्टीमा जेसुकै भनिए पनि जिल्लाको विकास निर्माणमा उदार मनको नेता भएकाले सबैले उहाँको उच्च सम्मान गरेका छन् ।

दाङ, १८ चैत, विकासप्रेमी नेता खुमबहादुर खड्काको निधनले दाङ स्तब्ध भएको छ ।

दंगालीहरुले विकासप्रेमी नेतालाई गुमाएको अभिव्यक्ति दिएका छन् । खड्कालाई पार्टीमा जेसुकै भनिए पनि जिल्लाको विकास निर्माणमा उदार मनको नेता भएकाले सबैले उहाँको उच्च सम्मान गरेका छन् । “खुमबहादुर साँच्चै प्रजातन्त्रका योद्धा अनि जुधारु नेता पनि हुनुहुन्थ्यो, उहाँलाई गुमाउनुपर्दा धेरै
दुःख लागेको छ”– बयोवृद्ध दलबहादुर वलीले भन्नुभयो ।

प्रजातन्त्रका सेनानी तिलक डांगीले स्व खड्का निःस्वार्थ विकासप्रेमी नेता भएको बताउनुभयो, “जिल्लाको विकास, निर्माण र समृद्धिको काम गरेर कुशल संगठकका रुपमा पनि प्रजातन्त्रको कुशल नेतृत्व गुमाएका छौँ, प्रजातन्त्रका लागि अहोरात्र खट्ने, कुशल संगठनकर्ता, विकासप्रेमी नेता खड्काको निधनले एउटा विकासको नक्षत्र हो । ”

स्व खड्काको जन्मथलो घोराही उपमहानगरपालिका–५ गाविस वडा नं ६स्थित भैसाप्रथा गाउँ शोकमा छ । स्थानीयवासी आफूहरुले मात्र नभएर देशले नै अभिभावक गुमाएको बताए

विगतमा उहाँको नाम सुन्दा खुशीले प्रफुल्ल हुने स्थानीयवासीमा मृत्युको खबर सुन्दा अप्रत्यासित लागि रहेको स्व। खड्काका अभिभावक समेत रहनुभएका स्थानीयवासी सुरवीरसिंह वली बताउनुभयो । “खुमबहादुरको उपचारको क्रममा मृत्यु भएको सबैले सुनाउँछन्, तर मलाई विश्वासै लाग्दैन”, खड्कासँगै बाल्यकाल बिताउनुभएका उहाँले भन्नुभयो ।

“पहिले गाउँमा सडक थिएन, खानेपानीका लागि एक घण्टा हिँडेर जानुपथ्र्यो, तर खुमबहादुर मन्त्री भएको बेलामा गाउँमा कुवा बनाइदिनुभयोे, बिजुली बत्ती ल्याइदिनुभयो, सडक र सिँचाइको व्यवस्थासमेत गरिदिनुभयो” स्थानीय केशरबहादुर केसीले भन्नुभयो । त्यस्तै खड्काको निधनसँगै उहाँको गृह गाउँ लमही नगरपालिका–८ सतवरिया शोकमा डुबेको छ ।
काँग्रेस समर्थकलाई मात्र होइन सबै पार्टीप्रति आस्था राख्ने सबै दुखी बनेका खड्काको निधनमा । खड्का काँग्रेसका नेता मात्र होइन जिल्लाको विकासको सारथी नै हुनुहुुन्थ्यो । “सबैको साझा नेता खड्कालाई हामीले गुमाएका छाँै, आफ्नो अभिभावक गुमाएको पीडा शब्दमा उतार्न सकिँदैन” लमही नगरपालिका–८ का वडा अध्यक्ष मेघनारायण चौधरीले भन्नुभयो ।
गाविस–६ मा जन्मेका खड्काको कर्मथलो सतवरिया हो । सतवरियामा रहेको उनको घरमा शनिबारदेखि सन्नाटा छाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?