वैशाख २५ गतेको राशीफल यस्तो छ, आज कुन राशीको शुभ अंक कुन हो ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २५, २०७६
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • मेष आजको दिन राम्रो छ ।
  • तर बेलुकापख चिन्ता पर्न सक्छ ।
  • कुनै पनि कार्यमा सक्रियता बढ्ने छ ।

मेष

आजको दिन राम्रो छ । तर बेलुकापख चिन्ता पर्न सक्छ । कुनै पनि कार्यमा सक्रियता बढ्ने छ । पेसा वा व्यापारमा ध्यानकेन्द्रित हुने छ भने आनन्दप्राप्ति र भोगविलासतर्फ मन केन्द्रित हुनेछ । आजका लागि शुभ अंक १ हुनेछ ।

बृष

शुभ कार्यको थलानि हुनेछ । परोपकार र धार्मिक क्रियाकलापमा धन खर्च हुनेछ । पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । चिन्तनमूलक र बौद्धिक काममा मन जानेछ । प्रेम र मित्र सम्बन्धमा सफलता मिल्नेछ । आजका लागि शुभ अंक ४ हुनेछ ।

मिथुन

व्यापार र व्यवसायको क्षेत्रमा खट्ने समय आएको छ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु पर्ने छ । दिउँसोका तुलनामा बिहानको समय राम्रो छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आजका लागि शुभ अंक ७ हुनेछ ।

कर्कट

आज दण्ड सजाय भोग्नु पर्ने या सामान हराउन सक्ने समय छ । अनावश्यक कुरामा अल्झिनु राम्रो हुँदैन । तपाईंको परिश्रम खेर जान सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउने देखिन्छ ।आजका लागि शुभ अंक ५ हुनेछ ।

सिंह

व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ । आजका लागि शुभ अंक ३ हुनेछ ।

कन्या

आज दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय दिनुपर्ने छ । आजका लागि शुभ अंक ६ हुनेछ ।

तुला

बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ । तर साँझको समयदेखि प्रतिकूल समय सुरु हुनसक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आजका लागि शुभ अंक ५ हुनेछ ।

बृश्चिक

आज साँझ कुनै आम्दानीको नयाँ स्रोत देखा पर्नेछ । परदेशमा बसोबास गर्नेहरूले आफ्नो कमाइको केही अंश खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च गर्नेछन् । प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ । आजका लागि शुभ अंक ३ हुनेछ ।

धनु

आज नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अवसर आएको छ । रोकिएका कामहरू बन्न सक्छन् । ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने योग छ । आजका लागि शुभ अंक ९ हुनेछ ।

मकर

खर्च गर्न मन हौसिने योग छ तर व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ । अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । आजका लागि शुभ अंक ३ हुनेछ ।

कुम्भ

आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूले लाभ लिन सकिने छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ । महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । आजका लागि शुभ अंक ९ हुनेछ

मीन

आज सफलता प्राप्त हुन गाह्रो छ । तपाईंका असन्तुष्टि बढ्ने छन् । अधुरा कामहरू पूरा हुन सक्दैनन् । स्वास्थ्यपक्षको समस्या यथावत् रहने छ । धार्मिक, आध्यात्मिक र सामाजिक काममा पनि मन जाने खेखिदैंन । आजका लागि शुभ अंक ८ हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुलामञ्चमा मिटरब्याजी पीडितले प्रवेश गर्न खोज्दा बालेन्द्रले गरे यस्तो शंका
खुलामञ्चमा मिटरब्याजी पीडितले प्रवेश गर्न खोज्दा बालेन्द्रले गरे यस्तो शंका
पार्टी अध्यक्ष माधव नेपाल र प्रधानमन्त्री ईश्वर पोखरेललाई बनाऔं-योगेश भट्टराई
पार्टी अध्यक्ष माधव नेपाल र प्रधानमन्त्री ईश्वर पोखरेललाई बनाऔं-योगेश भट्टराई
सिके राउतलाई नेकपा भित्राउने कुनै तयारी छैन : मन्त्री बस्नेत
सिके राउतलाई नेकपा भित्राउने कुनै तयारी छैन : मन्त्री बस्नेत
विद्युत् विस्तार गर्न ११ हजार रूख कटान
विद्युत् विस्तार गर्न ११ हजार रूख कटान
राजपासँग कांग्रेसको सहकार्य …?
राजपासँग कांग्रेसको सहकार्य …?
उत्तर कोरियाली तथा रुसी विदेशमन्त्रीद्वारा द्विपक्षीय सम्बन्धको प्रशंसा
उत्तर कोरियाली तथा रुसी विदेशमन्त्रीद्वारा द्विपक्षीय सम्बन्धको प्रशंसा
विराटनगरमा मृत भएकी बालिकाको बलात्कार पछि हत्या भएको खुलासा,हत्या आरोप मा २ जना पक्राउ
विराटनगरमा मृत भएकी बालिकाको बलात्कार पछि हत्या भएको खुलासा,हत्या आरोप मा २ जना पक्राउ
तराई पहाड जोड्ने छोटो पहुँच मार्ग बन्यो
तराई पहाड जोड्ने छोटो पहुँच मार्ग बन्यो
कुन राशिको कस्तो सेक्स सम्बन्ध, थाहा पाउनुस
कुन राशिको कस्तो सेक्स सम्बन्ध, थाहा पाउनुस
तिनाउ खोलामा अज्ञात शव भेटियो
तिनाउ खोलामा अज्ञात शव भेटियो