३ महिनामा ८ अर्ब ५३ करोड बराबरको मोबाइलफोन आयात

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १३, २०७९
|
|
१९ पटक हेरिएको
Shares
३ महिनामा  ८ अर्ब ५३ करोड बराबरको मोबाइलफोन आयात

सारांश

  • काठमाडौ ।
  • चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा विदेशबाट ८ अर्ब ५३ करोड रुपैयाँको मोबाइल (स्मार्टफोन) आयात भएको छ ।
  • भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असोज महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको स्मार्टफोन भित्रिएको हो ।

काठमाडौ । चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा विदेशबाट ८ अर्ब ५३ करोड रुपैयाँको मोबाइल (स्मार्टफोन) आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असोज महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको स्मार्टफोन भित्रिएको हो ।

विभागले ६ लाख १८ हजार ५२० पिस स्मास्र्टफोन आयात भएको छ । यी स्मार्टफोन आयात गर्दा आयातकर्ताले १ अर्ब ५९ करोड २२ लाख रुपैयाँ राजश्व बुझाएका छन् । नेपालमा आयात हुनेमध्ये सबैभन्दा धेरै स्मार्टफोन चीन र भारतबाट आउने गरेको छ ।

यस अवधिमा चीनबाट ६ अर्ब १८ करोड रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको छ । यस्तै, भारतबाट २ अर्ब १२ करोड रुपैयाँ बराबरको स्मार्टफोन आयात हुँदा जापान, कोरिया, मलेसिया र कुवेत लगायतका देशबाट समेत आयात भएको विभागले जनाएको छ ।​

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?