नेपालकाे तेस्राे अभ्यास खेल अाज, नेपाल टस हारेर ब्याटिङ्मा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
|
३० पटक हेरिएको
Shares
नेपालकाे तेस्राे अभ्यास खेल अाज, नेपाल टस हारेर ब्याटिङ्मा

सारांश

  • काठमाडाैँ, ९ साउन ।
  • युराेप भ्रमणमा रहेकाे नेपाली क्रिकेट टाेलिले अाज इस्ट लण्डन एघारसँग अभ्यास खेल(५० अाेभर)  खेल्दैछ ।
  • लङ्सटन क्रिकेट ग्राउण्डमा टस हारेर नेपालले ब्याटिङ्काे निम्ताे पाएकाे छ ।

काठमाडाैँ, ९ साउन । युराेप भ्रमणमा रहेकाे नेपाली क्रिकेट टाेलिले अाज इस्ट लण्डन एघारसँग अभ्यास खेल(५० अाेभर)  खेल्दैछ ।

लङ्सटन क्रिकेट ग्राउण्डमा टस हारेर नेपालले ब्याटिङ्काे निम्ताे पाएकाे छ । यसअघि खेलेका अभ्यास खेलमा नेपालले एकमा जित र अर्काेमा हार व्यहाेरेकाे थियाे । अघिल्लाे खेलमा अाराम गरेका कप्तान अाज मैदानमा उत्रिएका छन् ।

नेपाली टाेलिमा पारस खड्काकाे कप्तानीमा ज्ञानेन्द्र मल्ल, शक्ति गाैचन, सुवाष खकुरेल, सरद भेषावकर, अनिलकुमार शाह, राेहितकुमार पाेडेल, ललित राजवंशि, दिपेन्द्र सिँह एेरि साथै साेमपाल कामी र करण केसी खेल्दैछन् ।

नेपाल एमसिसि र नेदरल्याण्ड विरूद्धकाे त्रिकाेणात्मक शृङ्खला (२० अाेभर) काे तयारीका लागि अभ्यास गरिरहेकाे छ । त्यस लगत्तै अगस्त १ र ३ मा नेपालले नेदरल्याण्ड विरूद्ध एेतिहासिक एकदिवसिय शृङ्खला खेल्नेछ ।

(खेलकाे विवरण राष्ट्रिय टाेलिका व्यवस्थापक रमन सिवाकाेटिकाे फेसबुक पेजबाट हेर्न सकिन्छ)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?