चुनाव जित्न प्रकाशमानले गठन गरे एक हजार एक सदस्यीय चुनाव प्रचार समिति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
२२ पटक हेरिएको
Shares
चुनाव जित्न प्रकाशमानले गठन गरे एक हजार एक सदस्यीय चुनाव प्रचार समिति

सारांश

  • काठमाडाैं।
  • नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं १ प्रतिनिधिसभा उम्मेद्वार प्रकाशमान सिंहले  वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीको संयोजकत्वमा  एक हजार १ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन  गरेका छन्।
  • कात्तिक २० गतेबाट नै चनावी घरदैलो कार्यक्रम सुरु गरेको भएपनि नेता सिंहले शुक्रबार मात्र निर्वाचन क्षेत्र नं.

काठमाडाैं। नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं १ प्रतिनिधिसभा उम्मेद्वार प्रकाशमान सिंहले  वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीको संयोजकत्वमा  एक हजार १ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन  गरेका छन्।

कात्तिक २० गतेबाट नै चनावी घरदैलो कार्यक्रम सुरु गरेको भएपनि नेता सिंहले शुक्रबार मात्र निर्वाचन क्षेत्र नं. १ मा व्यवस्थित रुपमा चुनावी प्रचार अभियान सञ्चालन गर्न लिलेन्द्र प्रधानलाई आर्थिक, प्राध्यापक चुडाराज  उप्रेतिलाई वौद्धिक र  निरज कार्कीलाई युवा परिचालन समिति संयोजकको  जिम्मेवारी दिएका हुन्।

उनले घरदैलोको क्रममा  काठमाडौँको वडा २९ घट्टेकुलो मतदातासँग भेटघाट गरे।
पूर्व उपप्रधानमन्त्री एवं काँग्रेसका पूर्व महामन्त्री समेत रहेका नेता सिंहले यसअघिको समय सविधान जारी गर्नेक्रममा बितेकाले आफ्नो क्षेत्रको विकास निर्माणको काम अधुरो रहेको बताए।

उनले भने,‘मैले सविधान जारी गर्ने क्रममा  भूमिका निर्वाह गरे, अब आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माण काम  गर्नुछ। आफ्नो क्षेत्रलाई नमुना क्षेत्र बनाउन मलाई यहाँँहरुको मतदान चाहिएको छ।’

अब देशलाई समृद्धिको बाटो लैजाने काम काँग्रेसले मात्र गर्न सक्ने भन्दै काँग्रेसबिना लोकतन्त्र अुधरो रहने बताए।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Sita Lamichhane

    सबैजनाले प्रचार समितिमा बस्न मंजुर भएकै होलान त …?????

    Comment Author

    Bishnu Khadka

    Good.kamtima 10000 janako banaunu parthyoni

    Comment Author

    Babu Ram Paudel

    k farnu patta saf hunu nai x

    Comment Author

    Bhupal Ghimire

    काम छैन हार्छ

    Comment Author

    परदेशि सागर क्षेत्री

    J gara jaso gara kangresko har nisxit 6

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?