जनार्दन शर्मालाई लिएर सोलुखुम्बु किन पुगे प्रचण्ड ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ३, २०७९
|
|
२० पटक हेरिएको
Shares
जनार्दन शर्मालाई लिएर सोलुखुम्बु किन पुगे प्रचण्ड ?

सारांश

  •   काठमाडौं, ३ असोज ।
  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीचको सम्बन्धमा सुधार देखिएको छ ।
  • पार्टीको पदाधिकारी चयनमा असन्तुष्टि राखेका शर्माले केही दिनअघि सार्वजनिक कार्यक्रममै अध्यक्ष प्रचण्डको आलोचना गरेका थिए ।

 

काठमाडौं, ३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीचको सम्बन्धमा सुधार देखिएको छ ।

पार्टीको पदाधिकारी चयनमा असन्तुष्टि राखेका शर्माले केही दिनअघि सार्वजनिक कार्यक्रममै अध्यक्ष प्रचण्डको आलोचना गरेका थिए ।

उनले उपमहासचिव पद पनि अस्विकार गरेका थिए । तर, दुई साता नबित्दै अहिले अध्यक्ष दाहाल र नेता शर्माको सम्बन्ध सुधार भएको देखिएको छ ।

आज पार्टीको महत्वपूर्ण बैठक छोडेर प्रचण्ड शर्मालाई लिएर सोलुखुम्बु पुगेका छन् ।

अर्थमन्त्रीसमेत रहेका नेता शर्मालाई लिएर दाहाल आज सोखुलमा भवन उद्घाटन लगायत विविध कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सो क्रममा दाहालले सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाको भवन उद्घाटन र ५० शय्याको सामुदायिक अस्पताल र इन्जिनियरिङ कलेजको समेत उद्घाटन कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?