इस्लिङटनले शुरु ग¥यो रोजगारसहितको एमबिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २८, २०७४
|
|
१८ पटक हेरिएको
Shares
इस्लिङटनले शुरु ग¥यो रोजगारसहितको एमबिए

सारांश

  • काठमाडौं, पुस २८ ।
  • इस्लििङटनकलेजले अनुसन्धान रोजगार सहितको एमबिए शुरु गरेको छ ।
  • आजशुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी एमबिएको कोर्ष शुरु गरेको हो ।

काठमाडौं, पुस २८ । इस्लििङटनकलेजले अनुसन्धान रोजगार सहितको एमबिए शुरु गरेको छ । आजशुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी एमबिएको कोर्ष शुरु गरेको हो ।

कलेजले चीन र थाइल्याण्डमा समेत अतिरिक्त समय अध्ययनको व्यवस्थासहित दुई वर्षे एमबिए कोर्ष शुरु गरेको हो । बेलायतको लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा चालु शैक्षिक सत्रदेखि एमबिए कोर्ष शुरु गर्ने भएको छ ।

यो कोर्ष अध्ययनपछि नेपाललगायत विश्वका कुनैपनि मुलुकमा व्यवसाय अध्ययन र अनुसन्धान गर्न सहयोग हुने कलेजले जनाएको छ । अनुसन्धानमा आधारित दुई वर्षीय कोर्ष अन्तर्गत नेपालबाट विदेश निर्यात हुने र विदेशबाट नेपाल आयातहुने सामाग्रीको विषयमा सुक्ष्म अध्ययन गर्ने यो कोर्षको विशेषता हो । ब्यापारसंग सुक्ष्म अध्ययन गर्ने उदेश्य सहित नया विषयको शुरुवात गरिएको कलेजका प्रमुख कार्यकारी निर्देशक शुलभ बुढाथोकीले जानकारी दिनुभयो । हामीले नेपालको बैकिङ, अर्थ र व्यापारिक क्षेत्रको विषयमा अध्ययन गरी नेपालको व्यावसाय संचालन गर्न सहजताको लागि नया कोर्षको शुरुवात गरेकाहौ–उहाले भन्नुभयो ।

देश र विदेशको सम्पुर्ण व्यावसायीक विषयको अध्ययन अनुसन्धान गर्न शुरु गरिएको एमबिए नेपालमा पहिलो हो । म्यानेजेरियल लेभलमा दुई वर्ष रोजगारी गरिरहेका विद्यार्थीलाई लक्षित गरी संचालन गर्न लागिएको यो विषयविश्वप्रसिद्ध चीनको अलिवावा डट कम र युनिभर्सिटी अफ द थाइल्याण्ड चेम्बर अफ कमर्श संग सहकार्य गरिएको छ । पहिलो वर्ष लन्डन मेट्रोपोलिटियन युनिभर्सिटीको कोर्षसंगै चिनिया भाषाको एचएसके तेस्रो लेभलको भाषा सिक्नुपर्छ ।

भाषासंगै अलिवावा डट कमकाविज्ञ र त्यससंग सम्बन्धीतविज्ञसंग तालिमको व्यवस्थागरिएको छ । नेपाल र विश्वको आयात र निर्यातको अवस्था कस्तो छ ,नेपालको बजार बिस्तारका लागि अन्य मुलुकसंग कसरी सम्भव छ लगायतका अनुशन्धानात्मक विषय सिक्ने चाहना यो कोर्षले पुरा गर्छ । चाइना माअध्ययन सम्पन्न गरेपछि दुई साता थाइल्याण्डमा अध्ययन गर्नुपर्ने अतिरिक्त व्यवस्था यो कोर्षमा छ । ब्यापारमा फड्को मारिसकेको थाइल्याण्डको चेम्बरसंग विश्वकै ब्यापारको विषयमा अध्ययन गर्ने अवसर मिल्नेछ । एकेडेमिक पेपर,विजनेस प्रपोजल, थेसिस बुझाउनुपर्दा अनुशन्धनात्मक विषयलाई केन्द्रीत गरिएको हुन्छ ।

दुइवर्षिय कोर्ष पुरा गरिसकेपछि नेपालमै रोजगारी सिर्जना गर्ने कि बिदेश जाने भन्ने विषयछनौट गर्ने अधिकार विद्यार्थीलाईनै हुन्छ । ‘दुई वर्ष लामो म्यानेजेरियल लेभलको रोजगारी गरेका विद्यार्थीलाई छनौट गरी अध्ययन गर्ने अवसर दिने भएकोले यो विषयको स्कोप विश्वमानै बढेर जाने अपेक्षाहामीले गरेकाछौ– कलेजका प्रमुख कार्यकारी निर्देशक बुढाथोकीले भन्नुभयो ।

वास्तवमा जहासुकै ब्यापार व्यवसाय संचालन गर्न यो कोर्षले महत्वपुर्ण भुमिका खेल्नेछ भने ब्यापारी र उपभोक्ताको सम्बन्धको लागि यो कोर्षले पुलको रुपमा लिन सकिन्छ । करिब एक वर्षको लामो अध्ययनपछि बेलायतले यो कोर्ष संचालन गर्ने अनुमति दिएको कलेजले जनाएको छ । अनुसन्धानमा आधारित विषय भएकोले पहिलो वर्ष २० जना विद्यार्थीले मात्र यो कोर्षको अध्ययनगर्ने अवसर पाउनेछन । यो कोर्ष अध्ययन गर्न ५ लाख ५० हजार र चीन र थाइल्याण्डमा अतिरिक्त कोर्ष अध्ययनगर्न करिब ८ लाख ५० हजार रुपिया लाग्छ ।

यो विषय त नेपालमै महत्वपुर्ण छ , विदेश गएर रोजगारी गर्न आवश्यकनै पर्दैन–उहाको धारणाथियो । विदेशी विश्वविद्यालयको सम्बन्धनमा विभिन्न कलेजले एमबिए अध्ययन गराएपछि नेपालमा यस्तो विषयले पहिलोे पटक प्रवेश पाएको हो । कार्यकारी निर्देशक बुढाथोकीले कलेजमा अध्ययन गरेका विद्यार्थीले आफ्नै देशमा सेवा गरुन भन्ने उद्धेश्यले अनुशन्धानमा आधारित एमबिएको कोर्ष शुरु गरेको जानकारी दिनुभयो । विश्वविद्यालयको चाहना पनियस्तै छ । बेलायत सरकारले नेपाल र नेपाली प्रति विश्वास गरेर नेपालमै बेलायती शिक्षा प्रदानगर्न दिइरहेको छ । हामी नेपालमै बेलायतको शिक्षा प्रदान गरिरहेकाछौ–बुढाथोकीले भन्नुभयो ।

२२ वर्ष अघिदेखि नेपालमै बेलायती शिक्षाको अध्ययन गर्ने अवसर दिएको इस्लिङटन कलेजले स्थापनाकाल देखि हालसम्म करिब ३ हजार विद्यार्थीले नेपाल लगायत विश्वका विभिन्न देशमा रोजगारी पाइसकेका छन् । सन् १९९६ मा इन्फोमेटिक्स त्यसपछि सन् २०१० मा इस्लिङटन कलेजको नामबाट स्थापित कलेजले सुचना प्रविधि र व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहको अध्यापन गराइरहेको छ ।
हल ककलेजमा बिबिए अन्तर्गत सुचना प्रविधिको तीनवर्षिय कोर्ष अन्तर्गत कम्प्युटिङ, नेटवर्किङ एण्डआइटी सेक्युरिटी र मल्टीमिडिया टेक्नोलोजी अन्तर्गत संचालन भैरहेको छ । व्यवस्थापन अन्तर्गत चार वर्षिय बिबिएमा इन्टरनेशनल विजनेस, फाइनान्स र मार्केटिङ विषयमाअध्ययनगर्न व्यवस्था छ । इस्लिङटनमा अध्ययन गर्ने विद्यार्थी मध्य ९८ दशमलब ६ प्रतिशतले रोजगार हासिल गरिरहेका छन् । लन्डन मेट्रोपोलिटन विश्वविद्यालकै सम्बन्धनमा पोखरामा इन्फोमेटिक्स, विराटनगरमा मेरिल्याण्ड र इटहरीमा इटहरी कलेज संचालितछन् ।

इस्लिङटन कलेजले आफ्ना विद्यार्थीलाइ पढाईसंगै रोजगारीको समेत व्यवस्था गरेको छ । १ सय २५ शिक्षक र कर्मचारी कार्यरत रहेको इस्लिङटनमा अधिकांस शिक्षक सुचना प्रविधि क्षेत्रमा दक्ष छन् । ३ हजार ८ सयभन्दा बढीले ग्रयाजुएट भएकामध्य अधिकांस विभिन्न नाम चलेका बैक, वित्तिय क्षेत्रका सुचना प्रविधिमा काम गरिरहेका छन् । कार्यक्रममा कलेजका चिफ अप्रेसन अफिसर केल्भिन एन्जी, लन्डन मेट्रो पोलिटन विश्वविद्यालयका सहकुलपति एलजावेथ चारमेन, विन्डी ब्लोसि, भ्यान्स हेरी, युटिसिसिका डिन ज्याकरिन स्रिमुन। अलिवावा ग्रुपका कार्यक्रम निर्देशक टेरिन भेन्चेस्निनले कलेजको विषयमा बोल्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना सङ्क्रमित परिवारका सदस्यको नमूना सङ्कलन
कोरोना सङ्क्रमित परिवारका सदस्यको नमूना सङ्कलन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै नाराबाजी, स्थिति तनावपूर्ण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै नाराबाजी, स्थिति तनावपूर्ण
बैंकलाई ‘ब्रोकर लाइसेन्स’ दिन सुझाव
बैंकलाई ‘ब्रोकर लाइसेन्स’ दिन सुझाव
नक्कली नागरिकता प्रकरण : थप तीन जना पक्राउ
नक्कली नागरिकता प्रकरण : थप तीन जना पक्राउ
अब पूर्णांकका आधारमा पढाइ नहुने ! नयाँ पाठ्यक्रम(मस्याैदा सहित)
अब पूर्णांकका आधारमा पढाइ नहुने ! नयाँ पाठ्यक्रम(मस्याैदा सहित)
सन्दीप र आसिफको साझेदारीमा नेपाल विजयी
सन्दीप र आसिफको साझेदारीमा नेपाल विजयी
बिनास्वीकृति सामाजिक सञ्जालमा विज्ञानपन गर्ने दुई मेनपावर कारबाहीमा
बिनास्वीकृति सामाजिक सञ्जालमा विज्ञानपन गर्ने दुई मेनपावर कारबाहीमा
बुद्धको सन्देशबाट विश्व शान्ति कायम हुनसक्छ : उपराष्ट्रपति
बुद्धको सन्देशबाट विश्व शान्ति कायम हुनसक्छ : उपराष्ट्रपति
आज संसदमा यस्तो नयाँ रेकर्ड बनाउँदैछन् प्रधानमन्त्री केपी शर्मा ओली
आज संसदमा यस्तो नयाँ रेकर्ड बनाउँदैछन् प्रधानमन्त्री केपी शर्मा ओली
भक्तपुर २ मा मादललाई तराजुले जित्यो, सूर्य र रुखकाे मतान्तर दोब्बर
भक्तपुर २ मा मादललाई तराजुले जित्यो, सूर्य र रुखकाे मतान्तर दोब्बर

तपाईंले छुटाउनुभयो कि?