अन्ततः पछि हटे काठमाडौंका मेयर शाक्य, यसरी बन्ने भयो रानीपोखरी ?
सारांश
- काठमाडौं, पुस १३ ।
- चौतर्फी दवावपछि काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणको काम रोक्ने भएको छ ।
- महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बिहीबार बसेको बैठकले अहिले भैरहेको काम रोकेर मल्लकालिन शैलीमा नै रानीपोखरी बनाउन भएको छ ।
काठमाडौं, पुस १३ । चौतर्फी दवावपछि काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणको काम रोक्ने भएको छ ।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बिहीबार बसेको बैठकले अहिले भैरहेको काम रोकेर मल्लकालिन शैलीमा नै रानीपोखरी बनाउन भएको छ ।
कंक्रिटको प्रयोग गरेर रानीपोखरीको पुनर्निर्माण गर्दा मौलिकता नै मासिने भन्दै आलोचना भएपछि महानगरपालिकाले अहिले भैरहेको काम रोकेर पुरानै शैली र सामग्री प्रयोग गरेर रानीपोखरीको पुनर्निर्माण गर्ने भएको हो ।
बैठकले पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय विशेषज्ञ समिति गरेको छ ।
समितिका सदस्यहरुमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा महाशाखाका प्रमुख राजु मानन्धर, पुरातत्व विभागका इन्जिनियर पुरुषोत्तम डंगोल, सम्पत घिमिरे, पुरातत्व अधिकृृत रामबहादुर कुँवर, महानगरको २७ र २८ नम्बर वडाका अध्यक्ष,संस्कृतिविद् सदर्शनराज तिवारी, काँशीनाथ टमोट र सहरी विकास तथा भवन निर्माण विभागका पूर्व महानिर्देशक सूर्यभक्त साङ्गाछे रहेका छन् ।
यस्तै सल्लाहकार समितिमा रक्षामन्त्री भिमसेनदास प्रधान, केशव स्थापित र रञ्जु दर्शना रहेका छन् । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । प्रतिवेदन नआउञ्जेल रानीपोखरीपमा भैरहेको काम रोकिने महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया