नेपालकाे ५० रन पुरा !
सारांश
- काठमाडाैँ, २ असाेज ।
- भारतमा जारी १९ वर्ष मुनीकाे चाैकाेणात्मक एकदिवसीय शृङ्खलामा अफगानिस्तान विरुद्ध २ सय ४५ रनकाे लक्ष्य पछ्याइरहेकाे नेपालले अाफ्नाे पहिलाे ५० रन पुरा गरेकाे छ ।
- तेस्राे स्थानका लागि अफगानिस्तानसँग खेलिरहेकाे नेपालले१३ अाैँ अाेभरमा एक विकेट गुमाएर ५० रन पुरा गरेकाे हाे ।
काठमाडाैँ, २ असाेज । भारतमा जारी १९ वर्ष मुनीकाे चाैकाेणात्मक एकदिवसीय शृङ्खलामा अफगानिस्तान विरुद्ध २ सय ४५ रनकाे लक्ष्य पछ्याइरहेकाे नेपालले अाफ्नाे पहिलाे ५० रन पुरा गरेकाे छ । तेस्राे स्थानका लागि अफगानिस्तानसँग खेलिरहेकाे नेपालले१३ अाैँ अाेभरमा एक विकेट गुमाएर ५० रन पुरा गरेकाे हाे ।
पहिले ब्याटिङ् गरिरहेकाे अफगानिस्तानले ८ विकेटकाे क्षतिमा २ सय ४४ रन बनाएपछि नेपालले २ सय ४५ रनकाे लक्ष्य पाएकाे थियाे । नेपालका लागि पवन सर्राफ, सागर ढकाल र संसद अालमले समान २\२ विकेट र रसिद खानले एक विकेट लिएका थिए ।
नेपालकाे ब्याटिङ् कप्तान अासिफ शेख र अरुन एेरीले सम्हालिरहेका छन् । अाेपनर रित गाैतम व्यक्तिगत १४ रन बनाएर अाउट भैसकेका छन् ।
त्यस्तै उपाधिका लागि भारत यु१९ ए र बि बिच भैरहेकाे खेलमा भारत यु १९ ए ले १ सय ४२ रनकाे लक्ष्य पछ्याइरहेकाे छ ।
प्रतिक्रिया