म्याग्दीमा बाढीले चार घर पुरिए, सडक अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३१, २०७५
|
|
५१ पटक हेरिएको
Shares
म्याग्दीमा बाढीले चार घर पुरिए, सडक अवरुद्ध

सारांश

  • बाबियाचौर, म्याग्दी, ३१ वैशाख ।
  •   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी बजारमा आइतबार साँझ आएको बाढीले चार वटा घर पुरिएको छ ।
  • भीषण वर्षापछि बजारमाथि रहेको खहरेखोला थुनिएर बाढी आउँदा चार घर पूर्ण र तीन घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो ।

बाबियाचौर, म्याग्दी, ३१ वैशाख ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी बजारमा आइतबार साँझ आएको बाढीले चार वटा घर पुरिएको छ ।

भीषण वर्षापछि बजारमाथि रहेको खहरेखोला थुनिएर बाढी आउँदा चार घर पूर्ण र तीन घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो । बालकृष्ण मिजारको एक तले, लट्टे गिरीको दुई तले, अकुमारी पुर्जाको दुई तले र ढावा शेर्पाको एक तले घरमा पूर्णरुपमा क्षति पुगेको छ ।

गोविन्द पुर्जाको कपडा पसल, टेकनारायण पौडेलको स्टेशनरी र अरुण थकालीको घरमा बाढी पसेर क्षति पु¥याएको छ भने केही होटल र घरमा समेत बाढी पसेको छ ।

बाढीबाट त्यहाँ रहेका एक दर्जन बढी घर प्रभावित भएका छन् । घरमा बाढी पसेपछि अन्नपात, लत्ताकपडालगायत घरायसी सामानमा क्षति पुगेको छ । प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले क्षतिको विवरण संकलन गरिरहेको छ ।

दिउँसो ३ बजेदेखि डेढ घण्टासम्म भएको भीषण वर्षापछि बस्ती माथिको पाखोबाट आउने खहरेखोलामा एक्कासि बाढी आएपछि स्थानीयको भागाभाग भएको थियो । खोलालाई कुलोबाट निकास दिएर व्यवस्थापन गरेर क्षतिको विवरण संकलन गरिरहेको सीमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रमुख नेत्रप्रसाद पोखरेलले बताउनुभयो ।

वर्षापछि विभिन्न ठाउँमा खसेको पहिरो र खोल्सामा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । दानाको घट्टेखोला, काभ्रे र बेगखोलामा बाढीले अवरुद्ध बनाएको सडक खुलाउन बेनी जोमसोम कोरला सडक आयोजनाले डोजर परिचालन गरेको सुपर भाइजर इन्द्रसिङ शेरचनले बताउनुभयो ।

घट्टेखोलामा बाढीले निर्माणाधीन पुलमा समेत क्षति पु¥याएको छ । सडक अवरुद्ध भएपछि मुस्ताङ भ्रमण, मुक्तिनाथ दर्शनमा आउने÷जाने भक्तजन तथा पर्यटक समस्यामा परेका छन् ।

(https://gravityhair.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारमा सहभागिता बारे समिक्षा गर्दै फोरम
सरकारमा सहभागिता बारे समिक्षा गर्दै फोरम
फेरि इन्धन हाहाकार
फेरि इन्धन हाहाकार
सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छ : प्रधानमन्त्री दाहाल
सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छ : प्रधानमन्त्री दाहाल
मौद्रिक नीतिः राष्ट्रिय परिचयपत्रलाई ग्राहक पहिचान प्रणालीमा आवद्ध गरिने
मौद्रिक नीतिः राष्ट्रिय परिचयपत्रलाई ग्राहक पहिचान प्रणालीमा आवद्ध गरिने
जनकपुरमा दिएकाे अभिव्यक्तीले मुख्यमन्त्रीकाे पद धरापमा !
जनकपुरमा दिएकाे अभिव्यक्तीले मुख्यमन्त्रीकाे पद धरापमा !
सबै तहमा ४० वर्षका युवा सहभागी गराइने छ : अध्यक्ष लिङ्देन
सबै तहमा ४० वर्षका युवा सहभागी गराइने छ : अध्यक्ष लिङ्देन
आङकाजी शेर्पाको दादागिरीले बौंद्धबासी आक्रोशित
आङकाजी शेर्पाको दादागिरीले बौंद्धबासी आक्रोशित
अपांगता भएका व्यक्ति कोही पछाडि नपरुन् : प्रधानमन्त्री ओली
अपांगता भएका व्यक्ति कोही पछाडि नपरुन् : प्रधानमन्त्री ओली
मैले ९ महिना गर्भमा राखेर जन्माएको छोरो हो बिन्ती साकारलाई नेपाल फर्काइदिनुस् (भिडियोसहित)
मैले ९ महिना गर्भमा राखेर जन्माएको छोरो हो बिन्ती साकारलाई नेपाल फर्काइदिनुस् (भिडियोसहित)
सशस्त्र प्रहरी बलका इकाईहरुमा वृक्षारोपण
सशस्त्र प्रहरी बलका इकाईहरुमा वृक्षारोपण