नागरिकता विधेयकमा सत्तारुढ दलहरु नै विभाजित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३१, २०७९
|
|
१७ पटक हेरिएको
Shares
नागरिकता विधेयकमा सत्तारुढ दलहरु नै विभाजित

सारांश

  • काठमाडौँ।
  •  राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्बिचारका लागि प्रतिनिधि सभामै फिर्ता भएको नागरिकता विधेयकलाई लिएर सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दलहरु नै विभाजित भएका छन्।
  • सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको संस्थापन पक्ष राष्ट्रपतिले फिर्ता गरेको विधेयक जस्ताको तस्तै अगाडि बढाउने सोचमा छ।

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्बिचारका लागि प्रतिनिधि सभामै फिर्ता भएको नागरिकता विधेयकलाई लिएर सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दलहरु नै विभाजित भएका छन्।

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको संस्थापन पक्ष राष्ट्रपतिले फिर्ता गरेको विधेयक जस्ताको तस्तै अगाडि बढाउने सोचमा छ। तर, कांग्रेसभित्रै पनि जनतामा रहेको असन्तुष्टि र राष्ट्रपतिले व्यक्त गरेको चासोलाई कुनै न कुनै रूपमा सम्बोधन गर्नुपर्ने पक्षमा छ।

कांग्रेसका महामन्त्री गगन थापा राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नु संवैधानिक अधिकार भएको बताउँछन् । उनी भन्छन्, ‘राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुभयो।’

कुनै विधेयक पुनर्विचार गर्न आवश्यक लागे राष्ट्रपतिले संसदमा फिर्ता पठाउन सक्ने संवैधानिक व्यवस्था भएकाले यसमा आक्रोश व्यक्त गर्नु जरूरी नरहेको उनको भनाई छ। अर्थात, अब पनि जस्ताको तस्तै तुरुन्तै विधेयक पास गरिहाल्नपर्छ भन्ने पक्षमा महामन्त्री थापा देखिएका छैनन्।

सरकारको अर्को मुख्य घटक नेकपा माओवादी केन्द्र राष्ट्रपतिले फिर्ता गरेको विधेयकमा आवश्यक संशोधन हुनुपर्ने पक्षमा छ। विगतमा एमाले र माओवादी केन्द्र नागरिकता विधेयकलाई लिएर एकै ठाउँमा थिए। खासगरी वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्दा निश्चित अवधि राख्नैपर्ने पक्षमा एमाले र माओवादी केन्द्र छ। आफ्नो अडानका बाबजुत गठबन्धनका कारण नागरिकता विधेयक पास गर्न सहयोगी बनेको माओवादी केन्द्र राष्ट्रपतिले फिर्ता गरिसकेको अवस्थामा अब त्यसलाई सम्बोधन गर्नुपर्ने तर्क गरिरहेको छ।

नेकपा माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठ नागरिकता विधेयेकमा वैवाहिक अंगिकृतको हकमा सात वर्षको प्रवाधान हटाउँदा विचार नपुर्याइएको बताउँछन्। प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको प्रतिवेदनमा उल्लेख भएको सात वर्षे प्रावधान हटाउँन आवश्यक नभएको उनको भनाई छ।

तर, विधेयकमार्फत नेपाली नागरिक बाबुआमाका सन्तानले नागरिकता पाउने विषय राम्रो भएको उनको भनाइ छ। नेपालमा जन्म भएको र बाबुको पहिचान नभएकोलाई आमाको स्वघोषणाका आधारमा नागरिकता दिने विषय पनि सकारात्मक भएको उनी बताउँछन्।

धेरै प्रावधान सही भए पनि वैवाहिक अंगीकृत विषयमा मौन रहनु उचित नहुने नेता श्रेष्ठको तर्क छ। उनी भन्छन्, ‘नेपालीसँग विदेशी महिलाले बिहे गर्दा नागरिकता पाउने व्यवस्था साह्रै खुकुलो हुने व्यवस्था राख्नु उचित होइन। पुनर्बिचार गर्ने अवसर मिलेको छ।’

नेकपा एकीकृत समाजवादीका नेताहरु पनि विहे गरेपछि तुरुन्तै नागरिकता प्राप्त गर्ने व्वस्था उचित नभएको बताउँछन्। एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नागरिकता विधेयकमा सबै राजनीतिक दलको साझा धारणा हुनुपर्ने बताउँछन्।

राष्ट्रपतिले फिर्ता गरेको सन्दर्भ दलहरुका बीचमा साझा धारणा तय गर्नका लागि खर्चिनुपर्नेमा पनि उनको जोड रहेको छ। ‘बहुमत जुट्दैमा मात्रै हुँदैन। राष्ट्रिय मुद्दा सबै दलको साझा धारणा हुनुपर्ने हुन्छ’ नेता खनालले भनेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले यो विधेयक फिर्ता गरेकोलाई असंवैधानिक भन्न नमिल्ने उनको भनाई छ। ‘नागरिकताको सवाल भनेको नेपालको राष्ट्रिय सहमतिको सवाल हो । अन्य विधेयक जस्तो नभएकाले यसलाई सामान्यरूपमा लिनुहुन्न’ उनले भने। उनी अगाडि थप्छन्, ‘जनसांख्यिक अतिक्रमणबाट हामी जोगिनुपर्छ। १/२ वटा दलले मात्र सिंगो देशलाई समेट्ने कुरामा लाग्नु हुँदैन।’

सरकारमै रहेको जनता समाजवादी पार्टी (जसपां) पनि राष्ट्रपतिको कदमलाई लिएर विरोधमा उत्रिएको छैन्। राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे आजको प्रतिनिधि सभा बैठकमा जानकारी गराइँदै छ।

प्रतिनिधि सभा सचिवालयका अनुसार बैठकमा राष्ट्रपतिले प्रमाणित नगरि १५ बुँदे सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे जानकारी गराइने छ।

साउन १५ गते संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आफूकहाँ आएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले सोमबार पुनर्विचारका लागि भन्दै प्रतिनिधि सभामै फिर्ता पठाएकी हुन्। राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो पत्रमा नागरिकता विधेयक प्रतिनिधि सभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ।

फिर्ता विधेयकबारे संसद बैठकमा जानकारी गराएपछि अर्को बैठकमा छलफल गरिन्छ। राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तोे विधेयक जस्ताको तस्तै वा संशोधनसहित पारित गरी पुनः राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउने गरिन्छ। यसरी आएको विधेयकलाई राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ताजिकिस्तानलाई हराउँदै नेपाल नाडेज्दा कपको फाइनलमा
ताजिकिस्तानलाई हराउँदै नेपाल नाडेज्दा कपको फाइनलमा
सामान्य हल्लाले अर्बौंको लगानीमा संचालित गहना पसल एक झट्कामा टाट पल्टियो
सामान्य हल्लाले अर्बौंको लगानीमा संचालित गहना पसल एक झट्कामा टाट पल्टियो
बृहत् प्रभातफेरिसहित नर्भिकले गर्यो यस वर्षको विश्व मुटु दिवसको सुरुवात
बृहत् प्रभातफेरिसहित नर्भिकले गर्यो यस वर्षको विश्व मुटु दिवसको सुरुवात
आजको राशीफल
आजको राशीफल
अब मनोरञ्जन लिन फिल्म हल जानुपर्दैन्, मिडियाका समाचार हेरे पुग्छ : प्रधानमन्त्री ओली
अब मनोरञ्जन लिन फिल्म हल जानुपर्दैन्, मिडियाका समाचार हेरे पुग्छ : प्रधानमन्त्री ओली
अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक
अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो, बाटो अवरुद्ध
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो, बाटो अवरुद्ध
मोदी सरकारलाई अर्को ठुलो झटका !! भारतीयलाई पनि अमेरिका प्रवेशमा रोक…
मोदी सरकारलाई अर्को ठुलो झटका !! भारतीयलाई पनि अमेरिका प्रवेशमा रोक…
बालकोटस्थित ओली निवास बन्यो मन्त्री ‘क्वार्टर’ !
बालकोटस्थित ओली निवास बन्यो मन्त्री ‘क्वार्टर’ !
चुरोट र मदिरामा मात्र होइन, पेट्रोलियम, खाद्यपदार्थ तथा सिमेन्ट र रडको पनि मूल्यवृद्धि
चुरोट र मदिरामा मात्र होइन, पेट्रोलियम, खाद्यपदार्थ तथा सिमेन्ट र रडको पनि मूल्यवृद्धि

तपाईंले छुटाउनुभयो कि?