नेपालका कोरोना संक्रमितको संख्या नाघ्यो ५३ हजार
सारांश
- शनिवार नेपालमा कोरोना भाइरसका १२ सय १ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको सख्या ५३ हजार १ सय २० पुगेको छ ।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
शनिवार नेपालमा कोरोना भाइरसका १२ सय १ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ५३ हजार १ सय २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । संक्रमितको यो संख्यामध्ये ३७ हजार ५ सय २४ जना संक्रमणमुक्त भएका छन् । शनिवारमात्रै ८५२ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया