‘बोलबम’ यात्रामा एकको मृत्यु !
सारांश
- गौशाला, २३ साउन ।
- भारतको झारखण्ड राज्यको देवघरमा अवस्थित बाबा वैद्यनाथ (बाबाधाम) को बोलबम यात्रामा गएका जीतेन्द्र मण्डलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
- भारतकै सुलतानगञ्जबाट जल बोकेर बाबाधाम जाँदै गरेको अवस्थामा भागलपुर जिल्लामा भएको दुर्घटनामा जीतेन्द्रको मृत्यु भएको उहाँका भाइ लक्ष्मी मण्डलले बताउनुभयो ।
गौशाला, २३ साउन । भारतको झारखण्ड राज्यको देवघरमा अवस्थित बाबा वैद्यनाथ (बाबाधाम) को बोलबम यात्रामा गएका जीतेन्द्र मण्डलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । भारतकै सुलतानगञ्जबाट जल बोकेर बाबाधाम जाँदै गरेको अवस्थामा भागलपुर जिल्लामा भएको दुर्घटनामा जीतेन्द्रको मृत्यु भएको उहाँका भाइ लक्ष्मी मण्डलले बताउनुभयो । दुई दिनअघि दुर्घटनामा परी गम्भीर घाइते भएका जीतेन्द्रको हिजो बेलुका भारतकै सिलिगुडीमा उपचारको क्रममा मृत्यु भएको थियो ।
उनी तत्कालीन नेकपा एमालेका नेता रामदयाल मण्डलका भतिजा तथा गत स्थानीय निर्वाचनमा जलेश्वर नगरपालिकामा नेकपा (एमाले)बाट प्रमुख पदका प्रत्यासी रहेका माधव मण्डलका छोरा हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया