नेपालका लागि २१७ रनकाे चुनाैति, साेमपाल एक्लैले लिए ३ विकेट !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
३५ पटक हेरिएको
Shares
नेपालका लागि २१७ रनकाे चुनाैति, साेमपाल एक्लैले लिए ३ विकेट !

सारांश

  • काठमाडौँ, १० भदौ ।
  • एसिया कप छनोट खेलका लागि श्रृलंकामा अभ्यासरत रहेको नेपाली क्रिकेट टोलिले स्थानिय क्लब कोल्टस क्रिकेट क्लबसँग आफ्नो तेस्रो तथा अन्तिम अभ्यास खेल खेलिरहेको छ ।
  • कोल्ट्सले ५० अाैँ ओभरमा सबै विकेट गुमाएर २१६ रन बनाउँदै नेपालसामु २१७ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ ।

काठमाडौँ, १० भदौ । एसिया कप छनोट खेलका लागि श्रृलंकामा अभ्यासरत रहेको नेपाली क्रिकेट टोलिले स्थानिय क्लब कोल्टस क्रिकेट क्लबसँग आफ्नो तेस्रो तथा अन्तिम अभ्यास खेल खेलिरहेको छ ।
कोल्ट्सले ५० अाैँ ओभरमा सबै विकेट गुमाएर २१६ रन बनाउँदै नेपालसामु २१७ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ । ५० रन भित्रै सुरुवाति ४ ब्याट्सम्यान गुमाएको कोल्टसका ब्याट्सम्यान हसन हेवान र आयना श्रीवर्दनेले सम्हालिको ब्याटिङ गर्दै पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । तर नेपाली अलराउण्डर सागर पुनले दुवैलाई पवेलियन पठाएपछि विपक्षि टाेलिकाे रनगतिमा अंकुस लागेकाे थियाे।

कोल्टसका लागि हसन हेवानले ५७, आयना श्रीवर्दनेले ३६ र मदुरा लकमलले ३१ रन बनाउनु बाहेक अरुले सम्झन लाएक पारी खेल्न सकेनन् । नेपालका लागि सोमपाल कामीले ३ करन केसी र सागर पुनले समान २÷२ विकेट लिए भने ललित राजवंशीले १ विकेट लिए । त्यस्तै रोहित पौडेलले मदुरोलाई रन आउट गराएका थिए ।

टस जित्दै पहिले ब्याटिङ् गरेकाे काेल्टसले ४९ दशमलब ५ बलमा सबै विकेट गुमाएर २१६ रन मात्र बनाउन सकेकाे थियाे । नेपाल सोमबार एसिया कप छनोट प्रतियोगिताका लागि मेलसिया प्रस्थान गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ का आधाजसो मतदानस्थल अति संवेदनशील, कुन जिल्लामा कति ?
प्रदेश २ का आधाजसो मतदानस्थल अति संवेदनशील, कुन जिल्लामा कति ?
प्रधानमन्त्री दाहाल र एनआरएनए अष्ट्रेलियाका महासचिवबीच भेटवार्ता, के भयो छलफल ?
प्रधानमन्त्री दाहाल र एनआरएनए अष्ट्रेलियाका महासचिवबीच भेटवार्ता, के भयो छलफल ?
प्रदेशको समृद्धिमा संचय कोष सहयोगी बन्नुपर्ने– मुख्यमन्त्री राई
प्रदेशको समृद्धिमा संचय कोष सहयोगी बन्नुपर्ने– मुख्यमन्त्री राई
प्रधानमन्त्रीले किन राखे आकष्मिक मन्त्रिपरिषद बैठक ?
पर्यटकको बसाइ अवधि बढ्यो, दैनिक खर्च घट्यो
एनपिएल : हालसम्मको खेलमा मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
एनपिएल : हालसम्मको खेलमा मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
अदुवाको भाउ घट्यो, किसानमा निराशा बढ्यो
अदुवाको भाउ घट्यो, किसानमा निराशा बढ्यो
निगमको ग्राउन्डेड दुई जहाजमध्ये एकको मर्मतपछि नियमित उडानमा
निगमको ग्राउन्डेड दुई जहाजमध्ये एकको मर्मतपछि नियमित उडानमा
नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट
उत्तर कोरियाली नेता किमलाई रुसी राष्ट्रपति पुटिनको निमन्त्रणा !
उत्तर कोरियाली नेता किमलाई रुसी राष्ट्रपति पुटिनको निमन्त्रणा !

तपाईंले छुटाउनुभयो कि?