लोकमानलाई कालोमोसो दल्ने युवा विप्लव नेतृत्वको विद्यार्थी संगठनको महासचिव
सारांश
- दाङ, ११ चैत्र ।
- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को महासचिवमा दाङका प्रकाश शाही चयन भएका छन् ।
- भ्रष्टाचारको अभियोग लागेका तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत परिसरमै कालोमोसो दलेर निकै चर्चामा आएका प्रकाश शाहीलाई केही दिनअघि बसेको संगठनको दोस्रो बैठकले महासचिवमा चयन गरेको हो ।
दाङ, ११ चैत्र । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को महासचिवमा दाङका प्रकाश शाही चयन भएका छन् ।
भ्रष्टाचारको अभियोग लागेका तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत परिसरमै कालोमोसो दलेर निकै चर्चामा आएका प्रकाश शाहीलाई केही दिनअघि बसेको संगठनको दोस्रो बैठकले महासचिवमा चयन गरेको हो ।
घोराहीमा भएको २१ औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा चिरञ्जीवी ढकालसहित ५९ सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो । त्यसबेला पदाधिकारी चयन नभएकाले बैठकबाट पदाधिकारी चयन गर्दा शाही महासचिवमा आएका हुन् । संगठनको उपाध्यक्ष रुद्र भट्टराई, सचिव सन्तोषी भट्टराई, कोषाध्यक्ष नरेन्द्र बिक लगायत रहेका छन् ।
“वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ सङ्गठनका लागि २१ औं राष्ट्रिय सम्मेलन” भन्ने मूल नाराको साथ संगठनको राष्ट्रिय सम्मेलन ३ दिनसम्म दाङमा चलेको थियो । सम्मेलनको उदघाटन नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा जनपरिषद प्रमुख सन्तोष बुढा मगरले गरेका थिए । देशभरका ७ सय प्रतिनिधि÷पर्यवेक्षक सहभागी भएको सम्मेलनले उनीहरुलाई छनोट गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टीको धादिङमा बसेको केन्द्रीय समितिको बैठकले ३० वर्ष उमेर पूरा भएकालाई विद्यार्थी राजनीतिबाट विदा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार यो केन्द्रीय समिति छनोट भएको थियो ।
प्रतिक्रिया