नेपालको शंविधानप्रति भारतको असन्तुष्टि अझै कायमै;

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ९, २०७४
|
|
२३ पटक हेरिएको
Shares
नेपालको शंविधानप्रति भारतको असन्तुष्टि अझै कायमै;

सारांश

  • भदौ, काठमाडौं ।
  • काठमाडौंबाट प्रकाशित हुने सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले आज पनि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयलाई प्राथमिकताका साथ समेटेका छन् ।
  • नेपाल–भारतबीच आठ समझदारी भएकोदेखि संविधानप्रति भारतीय असन्तुष्टि कायमै रहेको र प्रधानमन्त्री देउवाले संविधान संशोधनको वचन दिएकोसम्मका खबरलाई पत्रिकाहरुले लेखेका छन् ।

भदौ, काठमाडौं । काठमाडौंबाट प्रकाशित हुने सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले आज पनि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयलाई प्राथमिकताका साथ समेटेका छन् । नेपाल–भारतबीच आठ समझदारी भएकोदेखि संविधानप्रति भारतीय असन्तुष्टि कायमै रहेको र प्रधानमन्त्री देउवाले संविधान संशोधनको वचन दिएकोसम्मका खबरलाई पत्रिकाहरुले लेखेका छन् ।

दलहरुको तेस्रो चरण निर्वाचन तयारी, आयल निगम जग्गा खरिदमा भएको घोटालालगायतका विषयलाई पनि आजका पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा स्थान दिएर छापेका छन् ।

गोरखापत्र दैनिकले आज नेपाल–भारतबीच आठ समझदारी भएको विषयलाई मुख्य खबर बनाएर लेखेको छ । राष्ट्रपतिबाट सेना परिचालन गर्न स्वीकृति दिएको अर्को खबर पनि गोरखापत्रमा छ । भदौ ५ अघि १८ वर्ष पुगेकाले मात्रै प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान गर्न पाउने विषयलाई गोरखापत्रले एंकर बनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले करिब दुई वर्षअघि नेपालले जारी गरेको नयाँ संविधानप्रतिको असन्तुष्टिलाई निरन्तरता दिँदै नेपालसँग सम्बन्ध सुधारका लागि नयाँ बाटो र अवसरमाथि विशेष ध्यान दिएको नागरिकले लेखेको छ ।

कान्तिपुर दैनिकले भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान र निर्वाचनको स्वागत गरेको लेखेको छ ।

केन्द्रको निर्वाचनपछि संविधान संशोधन गर्ने भनेर शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्रीलाई वचन दिएको विषयलाई मुख्य खबर बनाएको अन्नपूर्ण पोस्ट दैनिकले दलहरुको तेस्रो चरण निर्वाचन तयारीबारे पनि समाचार लेखेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?