तिलोत्तमा नगरपालिकाको सय दिने काम

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ८, २०७४
|
|
२३ पटक हेरिएको
Shares
तिलोत्तमा नगरपालिकाको सय दिने काम

सारांश

  • तिलोत्तमा, रुपन्देही, ८ कात्तिक   तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले आफ्ना सय दिनका उपलब्धि आज सार्वजनिक गर्नुभएको छ ।
  • गत असार २१ गते पदभार ग्रहण गरेको १११ दिनपछि नगरप्रमुख घिमिरेले आफ्ना १७ वटा विकासका प्राथमिकता र योजना समेटिएको सय दिने विवरण सार्वजनिक गर्नुभएको हो ।
  • नगरप्रमुख घिमरेले सो अवधिमा रु एक अर्ब ६९ लाखको बजेट निर्माण भएको, सडक ग्राभेल योजना अगाडि सारिएको, पशु बीमा र कृषि ऋणमा अनुदानको व्यवस्था मिलाइएको र भवन तथा सडकको नयाँ मापदण्ड तय गरिएको उल्लेख गरेका छन् ।

तिलोत्तमा, रुपन्देही, ८ कात्तिक   तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले आफ्ना सय दिनका उपलब्धि आज सार्वजनिक गर्नुभएको छ ।

गत असार २१ गते पदभार ग्रहण गरेको १११ दिनपछि नगरप्रमुख घिमिरेले आफ्ना १७ वटा विकासका प्राथमिकता र योजना समेटिएको सय दिने विवरण सार्वजनिक गर्नुभएको हो ।

नगरप्रमुख घिमरेले सो अवधिमा रु एक अर्ब ६९ लाखको बजेट निर्माण भएको, सडक ग्राभेल योजना अगाडि सारिएको, पशु बीमा र कृषि ऋणमा अनुदानको व्यवस्था मिलाइएको र भवन तथा सडकको नयाँ मापदण्ड तय गरिएको उल्लेख गरेका छन् ।

एकीकृत नगर विकास गुरुयोजना निर्माणको थालनी, भ्यू टावर निर्माणका लागि टेण्डर आह्वान, दैवी प्रकोप राहत कोष स्थापना तथा वितरण, अव्यवस्थित रुपमा वसोवास गर्दै आएकाको लगत संकलन, सार्वजनिक जग्गा पहिचान तथा लगत संकलनको काम अगाडि बढाइएको छ ।

नदीजन्य पदार्थको अनियमितता तथा चोरी–निकासी नियन्त्रण, बालमैत्री नगरपालिकाको तयारी, स्थानीय शिक्षा तथा सहकारी व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह र सुशासन, न्याय सम्पादन, छाडा चौपायाको व्यवस्थापन, सरसफाइ अभियानजस्ता काम सय दिनको अवधिमा अगाडि बढाइएको नगरप्रमुख घिमिरेले जानकारी दिनुभयो ।

नगरपालिकाले चालू आवबाटै पशु बीमामा अनुदानको व्यवस्था गरेको छ । पशुबीमाको ७५ प्रतिशत रकम सरकारले व्यहोर्ने गरेकामा बाँकी २५ प्रतिशतको आधा रकम नगरपालिकाले व्यहोर्ने व्यवस्था मिलाइएको छ । समूहमा खेती वा पशुपालन व्यवसाय गर्ने दलित तथा महिलालाई बढीमा रु १० लाख सम्मको वित्तीय ऋणमा दुई प्रतिशत ब्याज अनुदान दिने व्यवस्थासमेत नगरपालिकाले गरेको छ ।

गत साउन ३२ गतेयता निर्माण हुने सडकको चौडाइ न्यूनतम ३० फुट कायम हुने नयाँ मापदण्ड पनि नगरपालिकाले सय दिने उपलब्धिमा सार्वजनिक गरेको छ । नयाँ मापदण्डअनुसार अब कित्ताकाट हुने जग्गा न्यूनतम पाँच धुर हुनुपर्नेछ । गौशालामा प्रत्येक छाडा गाईवस्तु लैजाने उपभोक्तालाई रु ५०० प्रदान गर्ने योजना ल्याएको छ ।

नगरपालिकाले तिलोत्तमा–१ स्थित शंकरनगर वनवाटिका परिसरमा निर्माण हुने भ्यू टावरका लागि टेण्डर आह्वान गरिसकेको र वडा नं १३ को सेमरीमा होमस्टे सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएको छ । प्रत्येक वडा कार्यालय एकल रुपमा सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाइएको छ । यही कात्तिक १ गतेदेखि समुदायमा आधारित बृहत् सरसफाइ अभियान शुरु गरिएको नगरप्रमुख घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रवादी बन्नकै लागि भारतलाई गाली गर्ने परम्पराको अन्त्य गर्नुपर्छ : मनिष सुमन
राष्ट्रवादी बन्नकै लागि भारतलाई गाली गर्ने परम्पराको अन्त्य गर्नुपर्छ : मनिष सुमन
गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर !! नारासहित आज पाचौँ कर दिवस मनाइयो…
गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर !! नारासहित आज पाचौँ कर दिवस मनाइयो…
थाई एयर एसियाले कात्तिक १८ गतेदेखि काठमाडौं र भैरहवामा उडान गर्ने
थाई एयर एसियाले कात्तिक १८ गतेदेखि काठमाडौं र भैरहवामा उडान गर्ने
संसदमा सत्तापक्ष र विपक्षको एकै स्वर भएको ऐतिहासिक दिन
संसदमा सत्तापक्ष र विपक्षको एकै स्वर भएको ऐतिहासिक दिन
सरकारले धमाधम जनमुखी काम गरेपछि प्रतिक्रान्तिकारीहरुले गलत प्रचार सुरु गरे : प्रधानमन्त्री
सरकारले धमाधम जनमुखी काम गरेपछि प्रतिक्रान्तिकारीहरुले गलत प्रचार सुरु गरे : प्रधानमन्त्री
‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै
‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै
अदालतबाट सफाई पाएका महराले पत्रकारलाई प्रतिक्रिया दिन मानेनन्
अदालतबाट सफाई पाएका महराले पत्रकारलाई प्रतिक्रिया दिन मानेनन्
फरार प्रतिवादी तीन वर्षपछि पक्राउ
फरार प्रतिवादी तीन वर्षपछि पक्राउ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने
जीवनभर एउटा कोट लगाउने ‘सर्वहारा’ चन्द्रदेवमाथि अख्तियारको आरोप हाँस्यास्पद(डा. सुरेन्द्र केसी)
जीवनभर एउटा कोट लगाउने ‘सर्वहारा’ चन्द्रदेवमाथि अख्तियारको आरोप हाँस्यास्पद(डा. सुरेन्द्र केसी)

तपाईंले छुटाउनुभयो कि?