नेपालको हवाइ सुरक्षाको बारेमा इयुमा छलफल हुने, हट्ला प्रतिबन्ध?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २१, २०७४
|
|
२६ पटक हेरिएको
Shares
नेपालको हवाइ सुरक्षाको बारेमा इयुमा छलफल हुने, हट्ला प्रतिबन्ध?

सारांश

  • काठमाडौं, २१ कार्तिक ।
  • युरोपेली आयोगको उड्डयन सुरक्षा समिति आगामी साता हुने बैठकमा नेपालको हवाइ सुरक्षा विषयमा छलफल हुने भएको छ।
  • बेल्जियमको ब्रसेल्समा हुने आगामी सोमबारबाट हुने बैठकमा नेपाली वायु सेवा तथा नागरिक प्राधिकरणले हवाइ सुरक्षाको क्षेत्रको पुन:मुल्याकंन हुने छ।

काठमाडौं, २१ कार्तिक । युरोपेली आयोगको उड्डयन सुरक्षा समिति आगामी साता हुने बैठकमा नेपालको हवाइ सुरक्षा विषयमा छलफल हुने भएको छ। बेल्जियमको ब्रसेल्समा हुने आगामी सोमबारबाट हुने बैठकमा नेपाली वायु सेवा तथा नागरिक प्राधिकरणले हवाइ सुरक्षाको क्षेत्रको पुन:मुल्याकंन हुने छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का अधिकारीहरुले आयोगको सुरक्षा समितिको बैठकमा नेपालको विषय पनि प्रवेश पाउने भन्दै जानकारी गराएको बताएका छन्। तर सो बैठकमा भाग लिन क्यान वा विमान कम्पनीको कुनै पनि अधिकारीहरुलाई भने आमन्त्रण गरिएको छैन । सो बैठकमा हवाइ सुरक्षा सूचीबाट नेपाललाई हटाउने वा नहटाउने विषयमा मूल्याकंन हुने छ।

सन् २०१३ को डिसेम्बरमा युरोपेली संघले आफ्नो सदस्य रहेको २८ देशको आकाशमा नेपाली बिमान कम्पनीहरुले उड्न प्रतिबन्ध लगाएको थियो। संघले युरोपेली अपरेटर तथा ट्राभल एजेन्टहरुलाई नेपाली विमान कम्पनीको टिकट नकाट्न र काटिएको भएपनि त्यसलाई रद्द गर्न निर्देशन दिएको थियो।

क्यानका केही अधिकारिहरुले युरोपेली संघले नेपालको संस्थागत सुधार र उड्ययन नियमक संस्थाको स्थायीत्वको बारेमा प्रश्न उठाएका छन्। संघका अधिकारीहरुले पछिल्लो समयमा क्यान र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच चलेको खिचातानीको बारेमा समेत चासो राखेका छन्। केही निजी विमान कम्पनीको आग्रहमा मन्त्रीहरुले क्यानका प्रमुखहरुलाई हटाउने विषय नियमित जस्तै बनेको छ । नेपालको नियमक संस्थामा हुने गरेको राजनीति संघसहित धेरैको चासो हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?