‘दुबई एयर–शो’मा सहभागी हुन उपप्रधानमन्त्री पोखरेल युएई प्रस्थान

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १, २०७६
|
|
२१ पटक हेरिएको
Shares
‘दुबई एयर–शो’मा सहभागी हुन उपप्रधानमन्त्री पोखरेल युएई प्रस्थान

सारांश

  • काठमाडौं ।
  • उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल युएई सरकारको प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
  • दुबईमा पोखरेलले द्विपक्षीय उच्च स्तरीय छलफल तथा भेटघाट गर्नुका साथै ‘दुबई एयर–शो’मा सहभागी हुने कार्यक्रम रहेको छ ।

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल युएई सरकारको प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेका छन् । दुबईमा पोखरेलले द्विपक्षीय उच्च स्तरीय छलफल तथा भेटघाट गर्नुका साथै ‘दुबई एयर–शो’मा सहभागी हुने कार्यक्रम रहेको छ ।

‘एअर–शो’को पहिलो दिन आइतबार हुने उद्घघाटन समारोह तथा मुख्य प्रदर्शनीमा उपप्रधानमन्त्री पोखरेलले आतिथ्यता गरेका छन् त्यस्तै, उनले त्यहाँका शेख, राजकुमार, दुबई व्यापारिक समाजका नेतृत्व तथा यूएई सरकारका उच्च अधिकारीहरुसँग भेटघाट तथा विभिन्न पक्षसँग छलफल गर्नुहुने कार्यक्रम तय भएको छ ।

सरकारले आर्थिक समृद्धिका निम्ती बढी भन्दा बढी लगानी भित्र्याउने उद्धघोष गरिरहँदा उनले नेपाली समुदाय तथा विदेशी लगानीकर्तासँग औपचारिक छलफल गर्नेछन् । नेपाली दूतावास आबुधाबी र नेपाली बिजनेस काउन्सिल दुबईको संयुक्त आयोजनामा सोमबार साँझ नेपाली तथा विभिन्न देशका ब्यवसायी एवम लगानीकर्ताहरुसँग ‘नेपालमा लगानीका सम्भावना’ सम्बन्धमा उपप्रधानमन्त्री पोखरेलले दुबई च्याम्बर अफ् कमर्सका उच्च अधिकारीसँग भेटघाट तथा विशेष छलफल गर्ने कार्यक्रम छ ।

सन् १९८६ देखि युएईले ‘दुबई एअर शो’ को आयोजना गर्दै आएको छ । विभिन्न देशहरुले एअर शोलाई शक्ति प्रदर्शनको रुपमा समेत लिने गरेका छन् । उक्त आयोजनामा नेपाल पहिलो पटक उच्च स्तरीय नेतृत्व सहित सहभागी हुन लागेको हो । उपप्रधान तथा रक्षामन्त्री पोखरेल मंसिर ४ गते स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाचार संकलनमा रोक लगाएकोमा महासंघको आपत्ति
समाचार संकलनमा रोक लगाएकोमा महासंघको आपत्ति
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै
ऐतिहासिक शपथ: अलपत्र सांसद, शपथमा नै सांसदको हुटिङ
ऐतिहासिक शपथ: अलपत्र सांसद, शपथमा नै सांसदको हुटिङ
चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
क्यान्सरपीडित समाजसेवीका लागि अमेरिकाबाट झण्डै १ लाख सहयोग
क्यान्सरपीडित समाजसेवीका लागि अमेरिकाबाट झण्डै १ लाख सहयोग
साउदी महिलालाइ सेनामा भर्ना खुला, यस्ताे छ प्रावधान
साउदी महिलालाइ सेनामा भर्ना खुला, यस्ताे छ प्रावधान
यी ७ बलिउड जोडीको सम्बन्ध यसरी बिग्रियो
यी ७ बलिउड जोडीको सम्बन्ध यसरी बिग्रियो
‘रेल नि आउँछ, पानी जहाज नि आउँछ, टिकट काट्न केही समय धैर्य गरौं’
‘रेल नि आउँछ, पानी जहाज नि आउँछ, टिकट काट्न केही समय धैर्य गरौं’
ला लिगा फुटबलमा ओसासुनालाई हराउँदै एथ्लेटिक बिलबाओ विजयी
ला लिगा फुटबलमा ओसासुनालाई हराउँदै एथ्लेटिक बिलबाओ विजयी
१६ सय ८५ कर्मचारीलाई किन गरियो कार्वाहीको सिफारिस!
१६ सय ८५ कर्मचारीलाई किन गरियो कार्वाहीको सिफारिस!

तपाईंले छुटाउनुभयो कि?