नेपालले जिम्बावेलाई दियो २९१ रनको लक्ष्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३, २०८०
|
|
२९ पटक हेरिएको
Shares
नेपालले जिम्बावेलाई दियो २९१ रनको लक्ष्य

सारांश

  • काठमाडौं ।
  • आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले टेस्ट टोली जिम्बाब्वेलाई २९१ रनको लक्ष्य दिएको छ ।
  • हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९० रन बनायो ।

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले टेस्ट टोली जिम्बाब्वेलाई २९१ रनको लक्ष्य दिएको छ ।

हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९० रन बनायो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ९९ रनको योगदान गरे । उनले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै आशिफ शेख ६६ रन बनाएर आउट भए । १०० बल खेलेका उनले सात चौका प्रहार गरे । कुशल मल्लले ४१ रनको योगदान गरे । उनले ४२ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । यस्तै कप्तान रोहित पौडेल ३१ रन बनाएर आउट भए । उनले २९ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । गुल्सन झा १३ रन बनाएर आउट भए । उनले एक चौका प्रहार गरे ।

आरिफ शेख ११ बलमा १० र दीपेन्द्रसिंह ऐरी ७ बलमा ६ रन बनाएर आउट हुँदा भीम सार्कीले रनको खाना नै खोल्न सकेनन् । क्वालिफायर अन्तर्गत समूह ए मा नेपालले आज पहिलो खेल जिम्बाब्वेविरुद्ध खेलेको हो । नेपालको समूहमा जिम्बावे, वेस्ट इण्डिज, नेदरल्याण्ड्स र अमेरिका छन् ।

नेपालले यसपछि अमेरिका, वेस्टइन्डिज र नेदरल्यान्ड्ससँग खेल्नेछ । समूहका शीर्ष ३ टीमले सुपर सिक्समा प्रतिस्पर्धा गर्नेछन् । त्यहाँ शीर्ष २ भित्र पर्ने टिम विश्वकपमा छानिने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डलरसँगै खाडी मुलुकका मुद्रा महंगिए, हेर्नुस् कुन देशको कति बढ्यो
डलरसँगै खाडी मुलुकका मुद्रा महंगिए, हेर्नुस् कुन देशको कति बढ्यो
सरकारलाई सांसदको प्रश्न ः उखु किसानले किन पाएनन् भुक्तानी
सरकारलाई सांसदको प्रश्न ः उखु किसानले किन पाएनन् भुक्तानी
नागार्जुनमा एक हजार ३५५ घर पुनःनिर्माण
नागार्जुनमा एक हजार ३५५ घर पुनःनिर्माण
खेल समाचार :विश्वकप छनोट : नेपाल–चीन भिड्दै
खेल समाचार :विश्वकप छनोट : नेपाल–चीन भिड्दै
एकताको घोषणा गर्ने भनेकै दिन माओवादी केन्द्रको सचिवालय बैठकले गर्यो यस्तो निर्णय
एकताको घोषणा गर्ने भनेकै दिन माओवादी केन्द्रको सचिवालय बैठकले गर्यो यस्तो निर्णय
संसदको पहिलो वैठकमा नेताहरुले उठाए आर्थिक र विकासका मुद्दा
संसदको पहिलो वैठकमा नेताहरुले उठाए आर्थिक र विकासका मुद्दा
प्रदेश नं २ का  राष्ट्रियसभा सदस्यका सबै उम्मेदवार निर्विरोध निर्वाचित
प्रदेश नं २ का राष्ट्रियसभा सदस्यका सबै उम्मेदवार निर्विरोध निर्वाचित
घरमै बसेर महसुल तिर्न सकिने प्रविधि ल्याउँदै विद्युत् प्राधिकरण
घरमै बसेर महसुल तिर्न सकिने प्रविधि ल्याउँदै विद्युत् प्राधिकरण
इजरेली फौज र हमास समूहबीच भिडन्त
इजरेली फौज र हमास समूहबीच भिडन्त
पशुपक्षीजन्य पदार्थ प्रवद्र्धनमा बजेट अपर्याप्त
पशुपक्षीजन्य पदार्थ प्रवद्र्धनमा बजेट अपर्याप्त

तपाईंले छुटाउनुभयो कि?