नेपालले निकाल्ला लगातार दुई जित अफगानिस्तान विरुद्ध ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
३५ पटक हेरिएको
Shares
नेपालले निकाल्ला लगातार दुई जित अफगानिस्तान विरुद्ध ?

सारांश

  • काठमाडौँ, १ असाेज ।
  • भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा तेस्राे स्थानका लागि नेपाल र अफगानिस्तान भिड्ने भएका छन् ।
  • पहिलाे दुवै खेल हारेकाे नेपालले अाइतबार भएकाे खेलमा अफगानिस्तान विरुद्ध सान्त्वना जित निकालेकाे थियाे ।

काठमाडौँ, १ असाेज । भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा तेस्राे स्थानका लागि नेपाल र अफगानिस्तान भिड्ने भएका छन् । पहिलाे दुवै खेल हारेकाे नेपालले अाइतबार भएकाे खेलमा अफगानिस्तान विरुद्ध सान्त्वना जित निकालेकाे थियाे । त्यस्तै सुरुका दुवै खेलमा हार व्यहाेरेकाे अफगानिस्तान पनि प्रतियाेगितामा पहिलाे जितकाे खाेजीमा छ । पहिलाे स्थानका लागि भने भारत यु १९ ए र भारत यु १९ बि भिड्नेछन् ।

अाइतबार भएकाे खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको थियाे । लखनउस्थित एकना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा भएको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा सवै विकेट गुमाउँदै १८९ रन बनाएकाे थियाे । एक सय ९० रनको विजयी लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको यू–१९ टोलीले ४७ दशमलव चार ओभरमा एक सय ६४ रन मात्र बनाउन सक्याे ।

नेपालका लागि पवन सर्राफले अविजित ७८ रन जोडेका थिए । उनले ९६ बल खेल्दै एक छक्का र १० चौका हानेका थिए । सन्दीप जोराले २८, रसिद खानले २४, लोकेश बमले १६ तथा भीम सार्कीले १३ रन बनाए । बलिङतर्फ अफगानिस्तानका मोहम्मद कबिरले तीन तथा अबिद मोहमदी र अरिफ खानले २/२ विकेट लिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपिएलः जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा
एनपिएलः जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा
थप ६ जना कोरोना संक्रमितको मृत्यु पुष्टि
लोकसेवा आयोगले बुधबार खरिदार पदको विज्ञापन खोल्ने: एसएलसीमा सी ग्रेडभन्दा कम ल्याउने अयोग्य
लोकसेवा आयोगले बुधबार खरिदार पदको विज्ञापन खोल्ने: एसएलसीमा सी ग्रेडभन्दा कम ल्याउने अयोग्य
आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, यी तीन प्रदेशका हिमाली भेगमा हिमपात
आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, यी तीन प्रदेशका हिमाली भेगमा हिमपात
नेपाल अफगानिस्तानसँँग ९६ रनले पराजित, विश्वकपमा छनोट हुन सकेन
नेपाल अफगानिस्तानसँँग ९६ रनले पराजित, विश्वकपमा छनोट हुन सकेन
सन् २०२२ मा बीस लाख पर्यटक भित्रिने निश्चित : मन्त्री लम्साल
सन् २०२२ मा बीस लाख पर्यटक भित्रिने निश्चित : मन्त्री लम्साल
रामनाथ कोविन्द भारतको नयाँ राष्ट्रपतिमा निर्वाचत
रामनाथ कोविन्द भारतको नयाँ राष्ट्रपतिमा निर्वाचत
Religious Guru Bhayyuji Maharaj commits suicide in Indore!
Religious Guru Bhayyuji Maharaj commits suicide in Indore!
  प्रधानमन्त्री कप क्रिकेटः एपिएफद्वारा बागमतीलाई दुई सय ४२ रनको लक्ष्य
  प्रधानमन्त्री कप क्रिकेटः एपिएफद्वारा बागमतीलाई दुई सय ४२ रनको लक्ष्य
मनसुनजन्य विपद्को पूर्व तयारी गर्न निर्देशन
मनसुनजन्य विपद्को पूर्व तयारी गर्न निर्देशन

तपाईंले छुटाउनुभयो कि?